म राहत हुँ

प्रकृतिले आफ्नो सृष्टिलाई
विभिन्न समयमा नङग्याउने क्रममा
आफ्नो डालो भित्र
विपत्तिका विभिन्न नाम बोकेर
अतुलनीय क्षति गरिरहन्छ ।

कहिले विनाशकारी भूकम्पले
उचालेर पछार्दिन्छ,
कहिले बाढी पहिरो आई
छाती धरी भत्काउँदै सबै बगाइदिन्छ,
कहिले डढेलोका मुस्लाहरुले
निरिह बस्ती जलाइ दिन्छ
कहिले अनभिज्ञ जीवाणुले
महामारीको हत्कडी लगाइदिन्छ ।
त्यही विपत्ति र संकटको चपेटाभित्र परी
रोइरहेका, कराइरहेका र ढलिरहेकाहरुको
दर्दको मजेरीमा
उद्वारका सामग्री बोकेर जाने म हुँ राहत ।
तर मलाई
बाटै भरिका निकाय र खाइलाग्दाहरुले
चोट्याउँनु हुन्छ
टुक्र्याउनु हुन्छ
काट्नु हुन्छ
भाँच्नु हुन्छ
आफैंले धेरै राख्नुहुन्छ
गुणस्तरिय वस्तु दौरा र पछ्यौरिले
ढाक्नु हुन्छ
गुणस्तरहीन सामान बाँड्न
अगाडि राख्नु हुन्छ,
धेरैले त मलाई
बीच बाटोमै लुकाएर भाग्नुहुन्छ
मलाई जति तोकिएर जोखिएको छ,
त्यो पीडाको बादलले
छाएको ठाउँमा जान दिनुहुन्न ।

महाशय !
म राहत हुँ
जहाँ, जहाँ आहात भएको छ
त्यहाँ, त्यहाँ मलाई पुग्न देउ
जहाँ एक गास भात खान नपाएर
ओछ्यानमा लडिरहेका छन्
जहाँ एकसरो लाउन नपाएर अररिरहेका छन्

जहाँ एक घुट्की  पानी नपाएर
थुकले तिर्खा मेटाइरहेका छन्
जहाँ सिटामोल नपाएर
आफ्नो ज्यान गुमाइरहेका छन्
अनि
र जहाँ, जहाँ सिमानामा अलपत्र परी
गुहार मागिरहेका छन्
म त्यहाँ पुग्न चाहान्छु
राहत बनेर
कृपया, मलाई
मेरो तौल नघटाई
मेरो रुप र गुणमा फेरबदल नल्याई
जस्ताको तस्तै जान दिनुहोस्
सम्बन्धित घटना स्थलमा ।

मलाई शहरमा मात्रै नघुमाउनोस
पहाडी दुरदराजको आगनमा पनि पुग्ने
बाटो खोल्दिनोस र नखोज्नोस मेरो भिजा
सिमानाका अलपत्र नेपालिहरुलाई

उद्वार गर्न गइरहेको बेला,
हो म राहत हुँ,
मलाई नबाँधियोस ।

कुनै नीतिको झन्डाले
मलाई नखोजियोस
नातावाद कृपावादका जमिनदारहरुले मलाई नबोकुन्
पहुँच को खोल ओढेकाहरुले,
म न्यायीक राहत हुँ
मलाई वितरण नगरियोस्
सोलि आकारले,
मेरो नाम बेचेर आफ्नो घर नभरुन
लुट्न पल्केकाहरुले,
म राहत हुँ
म राहत हुँ
म राहत हुँ कसैको भागबण्डाको अंश होइन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…