बहुराष्ट्रको परिकल्पनाले मुलुकलाई विखण्डनतिर लैजान्छ (भिडियाेसहित)

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले नवगठित जनता समाजवादी पार्टी नेपालले अघि सारेको बहुराष्ट्रको परिकल्पनाले नेपाललाई कालान्तरमा विखण्डनतिर लैजाने बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम जनसंवादमा ग्रेटर नेपालका अभियन्ता समेत रहनुभएका नेपालले जनता समाजवादी पार्टीका नेताहरुलाई दक्षिणी र पश्चिमी शक्तिले परिचालन गरिरहेको आरोपसमेत लगाउनुभयो ।

छिमेकी मुलुक भारतको सिक्किम विभाजन हुँदा प्रधानमन्त्री नै रहेका लेण्डुप दोर्जेले आफ्नो मुलुक बुझाएको स्मरण गराउँदै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका माथि शंका गर्दै उपेन्द्र यादव र बाबुराम भट्टराईले बहुराष्ट्रिय राज्यको कुरा ल्याउनु ग्रेटर नेपाल विरुद्धको चुनौती भएको बताउनुभयो ।

नेपालले सुगौली सन्धी बेलायत अर्थात इष्ट इन्डिया कम्पनीसँग गरेको हुनाले बेलायतबाट नेपाली भूमि स्वतन्त्र भएलगत्तै भारतले हडपेको नेपालको भनाइ छ । उहाँले गंगादेखि पश्चिम, पश्चिममा काँकडादेखि पूर्वसम्म र पूर्वमा टिष्टा नदीभन्दा पनि पारीसम्मको भूभाग नेपालको भएपनि १९५० को सन्धीबाट गुमेको बताउनुभयो ।

१९५० को नेपाल भारत सन्धीको धारा ८ र त्यतिबेलाकै नेपाल भारत बेलायत सन्धीको धारा ८ ले दुवै सन्धीले सुगौली सन्धी अवरुद्ध हुने उल्लेख गरेको पनि नेपालले प्रष्ट पार्नुभयो । भारत र बेलायतले हस्ताक्षर गरेरै सुगौली सन्धी रद्ध हुन्छ भने पनि व्यवहारमा पालना नहुनु दुखद भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…