हतारै हतारमा अनलाइन कक्षा, अनुसन्धानको कमी (भिडियाेसहित)

अनलाइन कक्षालाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट विश्लेषण शुरु

काठमाडौं । कोरोनाभाइरसको संक्रमण हुन नदिनका लागि गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अहिले पनि जारी छ । लकडाउनबाट शिक्षा क्षेत्रमा परेको प्रभावबाट विद्यार्थीलाई केही हदसम्म राहत दिनका लागि अनलाइन कक्षाको सुरुवात गरिएको छ । शुरु गरिएको अनलाइन कक्षालाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट विश्लेषण पनि शुरु भएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस, कम्प्युटर इन्जिनियरिङ विभागका उपप्राध्यापक गणेश गौतमले अनलाइन शिक्षा प्रभावकारी भएको बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम ‘शिक्षा’ मा कुरा गर्दै गौतमले विद्यार्थीलाई पढ्ने बानी गराइरहन र पढ्न बिर्सन नदिनका लागि अनलाइन शिक्षा प्रभावकारी भएको बताउनुभएको हो ।

‘प्रत्यक्ष पढाइ हुने र गृहकार्यका लागि भिडियो प्रवाह गरिने भएकाले अनलाइन कक्षा राम्रो छ’, गौतमले भन्नुभयो, ‘तर विद्यालय पोशाक नै लगाउनु पर्ने, अरुबेलाको जतिकै कक्षा सञ्चालन गर्ने, हाजिर गरिने जस्ता कुरा भन्नु चाहिँ राम्रो देखिएको छैन। अनलाइन कक्षा सञ्चालन गर्नका लागि तयारी भएकाे नदेखिएकाे पनि गाैतमकाे भनाइ छ ।

गाैतमसँगकाे कुराकानी :

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…