एम्बुलेन्स र मोटरसाइकल ठोकिँदा प्रहरी हवल्दारको मृत्यु

कैलाली । मुलुकमा लकडाउनका कारण सडकमा सवारी आवागमन बन्द भइरहेकै बेला कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोकिँएको छ । गौरीगङ्गा नगरपालिका–९ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको मृत्यु भएको छ।

दुर्घटनामा गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको से१च १८२८ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको म२प ५३०३ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार हवल्दार ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।