‘कोषमा पैसा नै छैन, एक खर्ब कसरी पुर्याउनुहुन्छ ?’

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कोरोना भाइरसको महामारीपछि विदेशबाट फर्किएर आउनेहरुको व्यवस्थापनबारे राष्ट्र बैंकले सोच्नुपर्ने बताउनुभएको छ ।
अर्थ समितिद्वारा मंगलबार आयोजित छलफलमा पूर्व अर्थमन्त्री पाण्डेले रेमिट्यान्समा आउने कमीले अर्थतन्त्रमा असर पार्ने र बेरोजगारी बढाउने विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयो । ‘यसतर्फ बेलैमा सोच्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयाे, ‘बेरोजगारको हुलले आन्दोलन शुरु गर्ने र सरकारले प्रहरीलाई डन्डा किन्नमा रकम छुट्याउनुपर्ने अवस्था आउन सक्छ ।’
पूर्व अर्थमन्त्री पाण्डेले पुनर्कर्जा कोषलाई एक खर्ब पुर्याउने विषयमा समेत प्रश्न उठाउनुभएको छ । ‘रिफाइनान्स कोषलाई एक खर्ब बनाउने कि भनेर अर्थमन्त्रीले भन्नुभयो, यसअघि पनि राष्ट्र बैंकले ६० अर्ब गरेको भन्ने कुरामा पनि राष्ट्र बैंककै सुत्रले के भन्छ भने २२, २४ अर्ब भन्दा बढी त्यो कोषमा पैसा नै छैन’ उहाँले भन्नुभयो, ‘६० अर्ब पुर्याउनै सकेको छैन् । पहिले कै घोषणा पनि फुलफिल छैन, अव एक खर्ब कसरी पु¥याउनुहुन्छ ? त्यसमा मोनिटरी पोलिसि या फिस्कल पोलिसीबाट कसरी एड्रेस गर्नुहुन्छ ?’