आफ्नै संस्कार र संस्कृतिमा, आफ्नै माटोमा स्वाभिमानका साथ बाँच्नुको महत्त्व धेरै छ । आफ्नै मुलुकलाई यूरोप अमेरिका जस्तो बनाएर गर्व गर्ने कि यूरोप अमेरिकमा पुगेको छु भनेर गर्व गर्ने ? मुलुकको विकासका लागि योगदान गर्न सक्ने योजना र विचार भएका आर्थिक रुपमा पनि सम्पन्न व्यक्तिहरु यूरोप अमेरिका, लाखौंलाख उर्जावान युवाहरु बाध्यताले खाडी लगाएतका देशमा छन् । देश युवाविहीन हुँदा विकास कसरी हुन्छ ? विश्वको धनी देश आज विदेशबाट आयात नहुने हो भने खानलाउन नपाउने अवस्थामा पुगेको छ ।
आजभोलि गाउँ खुशी छ । गाउँ छोडेर शहर पसेका धेरै मान्छेहरु गाउँ फर्किएका छन् । कतिपय ठाउँमा वर्षौदेखि बाँझो रहेका पाखाबारी खेतिका लागि तयार पारिँदैछ । बाध्यताले शहर पसेकाहरु बाध्यताले नै गाउँ फर्किएका छन् । उनीहरु बाध्य हुनुका कारण भने गज्जबको छ । कोरोनाभाइरस संक्रमणको डरले उनीहरु गाउँ फकिएका हुन् ।
हुन त ठूला मानवीय संकट आउँदा, प्राकृतिक प्रकोप, दैवीप्रकोप आदि हुँदा सुरक्षित रहन गाउँ फर्केका देखिन्छन्। संकटको घडीमा खान बस्न र आफ्नो सुरक्षाका लागि गाउँ उपयुक्त पनि छ । चिसो हावापानी, आफ्नै जमिनमा उब्जिएका अनाज, बगैँचाको अर्गानिक फलफूल, दूध, अण्डा, माछमासु आदि शुद्ध हुँदापनि किन मान्छे गाउँमा बस्दैनन् ? वास्तवमा शहर पस्नु पनि आफ्नै बाध्यता छन् । सर्वसुलभ शिक्षा नहुँनु, शिक्षा अनुसार रोजगारी नुहुँनु तथा स्वास्थ्यका विविध समस्या त गाउँमा छानन् नै ।
गाउँ धेरै दुखित छ । मान्छे नभएका खालि घरहरू, भएका पनि वृद्ध अवस्थाका बाआमाहरु मात्र छन् । घरको आँगनमा जंगल, गाउँबेसीका भत्केका बाटा, पानी सुकेका पँधेरा, वरपिपल काटिएका चौतारा, रुख ढलेका बगैँचा, घर नजिकैको बाँझै जमिनहरु, उजाड वनजंगल आदिका कारणले गाउँ दुखी हुनु स्वाभाविकै हो ।
नाकाबन्दी हुँदा, भूकम्प गएको दुखद् परिस्थितिमा मात्रै होईन ठूला चाडपर्वमा पनि गाउँ चाहिन्छ तर परिस्थिति सहज हुने बित्तिकै शहर पस्नुको विकल्प तयार भइसकेको पनि छैन । यूरोप अमेरिका जस्ता देशमा मात्रै होइन नेपालका ठूला शहरमा बसेको मान्छेको ठूलो सान हुन्छ, रवाफ देखाउँछन्, गौरव महशुस गर्दछन् तरपनि कठिन परिस्थितिमा गाउँ सम्झन्छन् र फर्कन्छन् पनि । विचरा गाउँ अप्ठ्यारो पर्दा साथ दिन्छ, सहज भएपछि छोडेर जान्छन् ।
गाउँ धेरै दुखित छ । मान्छे नभएका खालि घरहरू, भएका पनि वृद्ध अवस्थाका बाआमाहरु मात्र छन् । घरको आँगनमा जंगल, गाउँबेसीका भत्केका बाटा, पानी सुकेका पँधेरा, वरपिपल काटिएका चौतारा, रुख ढलेका बगैँचा, घर नजिकैको बाँझै जमिनहरु, उजाड वनजंगल आदिका कारणले गाउँ दुखी हुनु स्वाभाविकै हो । त्यही गाउँ, जहाँ हाम्रा पितापुर्खाले कडा मेहनत र परिश्रम गरेर स्वाभिमानका साथ जीवन विताएका थिए। कृषि उत्पादनमा आत्मनिर्भर थिए तर अहिले विदेशीले नदिए भोकै हुन्छौँ। प्लास्टिकको बोराको चामल, पोकाको दूध, विषाक्त तरकारीलगाएत दैनिक उपभोग्य बस्तुहरु, व्रोइलरको मासु आदि स्वास्थ्यका लागि राम्रो नभएको खानेकुरा खान्छौँ जसले शरीरमा गम्भीर असर गरेको छ । दुःख गरेर स्वास्थ्य अर्गानिक र आफ्नै बारीमा उब्जाएको खानु र सुख काटेर विदेशबाट आयात गरेको विषाक्त खानेकुरा खानुमा कति फरक छ ? यो प्रश्न अहम् बनेर आएको छ हामी सामू ।
हो, आफ्नै संस्कार र संस्कृतिमा, आफ्नै माटोमा स्वाभिमानका साथ बाँच्नुको महत्त्व धेरै छ । आफ्नै मुलुकलाई यूरोप अमेरिका जस्तो बनाएर गर्व गर्ने कि यूरोप अमेरिकमा पुगेको छु भनेर गर्व गर्ने ? मुलुकको विकासका लागि योगदान गर्न सक्ने योजना र विचार भएका आर्थिक रुपमा पनि सम्पन्न व्यक्तिहरु यूरोप अमेरिका, लाखौंलाख उर्जावान युवाहरु बाध्यताले खाडी लगाएतका देशमा छन् । देश युवाविहीन हुँदा विकास कसरी हुन्छ ? विश्वको धनी देश आज विदेशबाट आयात नहुने हो भने खानलाउन नपाउने अवस्थामा पुगेको छ ।
यहाँका जडिबुटीयुक्त हराभरा वनजंगल, हिमालयबाट निस्केका स्वच्छ नदी, मिलेको जमिन हिमाल, पहाड, तराई, हिमालय पर्वत प्राकृतिक शक्ति हुन् । त्यस्तै बुद्धभूमि, सीताको जन्मभुमि, ऋषिमुनिहरुले तपस्या गरेको देश, हिन्दू धर्मका आस्था र विश्वास राख्ने करोडौँ हिन्दू धर्मावलम्बीको आस्था र विश्वासको स्थान पशुपतिनाथ आदि धार्मिक शक्ति हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमले पनि नेपाल विश्वका लागि सुन्दर बस्न लायक देशको रुपमा चित्रण गरिएको छ किनभने चीन र भारतमा कोरोना माहामारी फैलिदा नेपाल अहिलेसम्म सुरक्षित छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना माहामारी छिमेकी देश भारत र यूरोप अमेरिका समेत महामारी हुँदा यो मुलुकमा नफैलनुमा सरकार र सर्वसाधारण जनाताको विशेष सतर्कता नै मुख्य विषय हो । प्राकृतिक रुपमा नै महामारी रोगहरुको प्रतिरोधात्मक शक्ति नेपालसँग भएको जस्तो देखिन्छ । यहाँका जडिबुटीयुक्त हराभरा वनजंगल, हिमालयबाट निस्केका स्वच्छ नदी, मिलेको जमिन हिमाल, पहाड, तराई, हिमालय पर्वत प्राकृतिक शक्ति हुन् । त्यस्तै बुद्धभूमि, सीताको जन्मभुमि, ऋषिमुनिहरुले तपस्या गरेको देश, हिन्दू धर्मका आस्था र विश्वास राख्ने करोडौँ हिन्दू धर्मावलम्बीको आस्था र विश्वासको स्थान पशुपतिनाथ आदि धार्मिक शक्ति हुन् ।
संसारमै सुन्दर मुलुक नेपाल बनाउने अभियानमा सबै जुट्नुपर्छ । अब त्यसका लागि कृषि क्षेत्रको विकास हुनु जरुरी छ, र त्यो गाउँबाट शुरु हुनुपर्छ । भूकम्प र नाकाबन्दी लगत्तै त्यो अभियान सुरुवात हुनेछ भन्ने सोचाई हो, त्यस्तो हुन सकेन । अब कोरोना माहामारीपछि भने सुरुवात हुने सम्भावना छ । कोरोना माहामारीपछि विश्वव्यापी रुपमा अर्थतन्त्रमा देखिने प्रभावले नेपाली अर्थतन्त्रमा पनि आत्मनिर्भर हुने बाध्यत्मक परिस्थितिको सुरुवात हुनेछ ।
विदेशबाट नेपाल आएका केही व्यक्तिमा संक्रमण देखिनु भनेको सामान्य जस्तै हो । सरकारले गरेको लकडाउनका कारणले मात्रै पनि महामारी नफैलिएको होईन, धार्मिक र प्राकृतिक शक्ति पनि छ जस्तो महशुस हुन्छ । कोरोना महामारीको प्रभावपछि नेपाल नयाँ युगमा प्रवेश गर्ने धेरैको बुझाई पनि छ । कोरोना प्रभावसँगै पछिल्लो समय हाम्रा संस्कार र सभ्यताहरु विश्वको ध्यान खिच्न सफल भएका छन् । विश्वव्यापी रुपमा नेपाललाई चिनाउने यो महत्त्वपूर्ण अवसर हो । हिजो पुर्खाले अवलम्वन गरेका संस्कारलाई हामीले अन्धविश्वासको रुपमा मात्रै हेर्ने गरेका थियौँ तर वैज्ञानिक पनि रहेछन् आज प्रमाणित हुँदैछ । संसारमै सुन्दर मुलुक नेपाल बनाउने अभियानमा सबै जुट्नुपर्छ । अब त्यसका लागि कृषि क्षेत्रको विकास हुनु जरुरी छ, र त्यो गाउँबाट शुरु हुनुपर्छ । भूकम्प र नाकाबन्दी लगत्तै त्यो अभियान सुरुवात हुनेछ भन्ने सोचाई हो, त्यस्तो हुन सकेन । अब कोरोना माहामारीपछि भने सुरुवात हुने सम्भावना छ । कोरोना माहामारीपछि विश्वव्यापी रुपमा अर्थतन्त्रमा देखिने प्रभावले नेपाली अर्थतन्त्रमा पनि आत्मनिर्भर हुने बाध्यात्मक परिस्थितिको सुरुवात हुनेछ ।
प्राकृतिक स्रोत साधनले सम्पन्न विश्वकै धनी देश नेपाल आज संसारमै गरिब किन भएको छ ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलाइ गर्न हुँदैन । विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु स्वदेश फर्कौ र आफ्नै देशको माटोमा पसिना बगाऔँ ।
यतिबेला विश्वभरि छरिएर रहेका नेपालीहरुले आफ्नो मातृभूमि सम्झेका छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो देश भनेको आफ्नै देश हो । कोरोना महामारीको बेलामा आफ्नै देश आफ्नै गाउँ आफ्नो घरपरिवार सम्झेर विदेशमा बस्नुपर्ने बाध्यता छ ।
प्राकृतिक स्रोत साधनले सम्पन्न विश्वकै धनी देश नेपाल आज संसारमै गरिब किन भएको छ ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलाइ गर्न हुँदैन । विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु स्वदेश फर्कौ र आफ्नै देशको माटोमा पसिना बगाऔँ । यति उर्भर भूमि नेपाल थोरै मेहनतले धेरै फलाउन सक्छौँ । गाउँमा अलपत्र अवस्थामा रहनुभएका बाआमाको हेरचाह हुनेछ, परिवारको हेरचाह हुनेछ, बाँझै जमिन सदुपयोग हुनेछ । पिता पुर्खाहरुले बनाएका संरचनाहरुको संरक्षण हुनेछ, हाम्रो संस्कार र सभ्यताको संरक्षण हुनेछ, दुःखसुख परिवारको साथमा हुनेछ । त्यसैले दुःखमा साथ दिने गाउँलाई छोडेर नजाऔँ, गाउँको विकासमा जुटौँ।