लकडाउनका बेला जुवातास खेल्ने ६ जना पक्राउ

कास्की । कोरोना भाइरसको जोखिम कम गर्न देश लकडाउनमा भएको अवस्थामा जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ लेकसाइडमा दर्गा बेकरीमा जुवातास खेलेर बसिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

रौतहट चन्द्रनिगाहपुर–५ घर भएका पोखरा बस्ने ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दुर्गा बेकरीमा जुवा खेल्ने दुर्गासहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…