लकडाउनका बेला नेपालको जहाज किन गयो सिड्नी ?

काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान बन्द गरेका बेला नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक जहाज अष्ट्रेलियाको सिड्नी प्रस्थान गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न देश लकडाउन गरिएका बेला नेपाल एयरलाइन्सको एक जहाज भने बुधकार सिड्नी प्रथान गरेको हो ।

लकडाउनका कारण नेपालमा रोकिएका २ सय ८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइडबडी जहाज सिड्नीका लागि उडेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ । काठमाडौं विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ । निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…