Logo मंसिर ११, २०७७ बिहीबार


गाैतम बुद्ध र बाेधिज्ञान

हालको युग शुरू हुनुअघि छैठौँ शताब्दीतिर अर्थात् २६ सय वर्षअगाडि सबै प्राणीजगतको कल्याण र उद्दारका लागि कपिलवस्तुका राजकुमार सिदार्थले हासिल गर्नुभएको ज्ञान नै बोधिज्ञान हो । नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्मसँगै शुरू भएको हो बौद्ध धर्म । धर्म भन्नाले धारणा गर्नु हो । आफ्नो स्वभाव धारणा गर्नुलाई धर्म भनिन्छ । धर्मको अर्को अर्थ भयबाट रक्षा गर्नु पनि हो । धर्मले प्राणीजगतलाई कुनै न कुनै भयबाट रक्षा गरिरहेको हुन्छ । त्यसैगरी बौद्ध धर्मले दुःखमयी संसार नै दुःखधार्य सत्य हो भन्ने मान्यता राख्दै आएको छ । हाल यो धर्म विश्वकै प्रमुख धर्महरू मध्येको एक भएको छ । जन्मपछि मरण हुन्छ, यो ध्रुव सत्य हो । तर मृत्युलाई पनि जितेर अमरत्व प्राप्त गर्ने व्यक्तिहरू मध्येका एक अमर व्यक्ति हुन् भगवान गौतम बुद्ध ।

लुम्बिनी अञ्चलको रूपन्देही जिल्ला अन्तर्गत कपिलवस्तुमा शाक्य वंशीय राजा शुद्धोधन र उनकी जेठी पत्नी मायादेवीको जेष्ठ सुपुत्रका रूपमा ईपू ५६३ वैशाख शुक्ल पूर्णिमा शुक्रबारका दिन जन्मिएका हुन् भगवान गौतम बुद्ध । जन्म पछिको उनको एक अलौकिक कुरा के थियो भने उनी जन्मने वित्तिकै बोलेका र सात पाइला हिडेका थिए भन्ने किंवदन्ती रहेको पाइन्छ । जन्मेको पाँचौ दिनमा सिदार्थ गौतम भनी उनको नामाकरण गरिएको थियो भने जन्मेको सातौँ दिनमा उनकी आमाको देहावसान भयो ।

आफ्नी सानीआमाको लालनपालनमा हुर्किदै गरेका गौतम बुद्धको बारेमा एक दिन एक तपस्वीले भने कि महाराज यी वालक सांसारिक माया मोहबाट टाढा रही घरपरिवार त्यागी एक महान तपस्वी बन्ने छन् । ज्ञानको विगुल फुक्ने छन् । सत्यको खोजीमा लागिपर्ने छन् । सत्यतथ्य उज्यालो ज्ञानको खोजी गर्ने व्यक्ति बुद्ध बनी संसारमै आफ्नो नाम कहलाउने छन् ।

यस्तो कुरा सुनेर उनका पिता शुद्धोधनलाइ आफ्नो छोराले घरपरिवार राज्य छोडेर जाला भन्ने कुराले सारै दुखी बनाएको थियो । उनका पिता चाहन्थे कि उनी पनि आफूजस्तै एक महान योद्धा र कुशल शासक बनुन् । तर यस्तो भविष्यवाणीले उनलाई मर्माहित बनायो । राज्य छोडेर जाला भनेर पिताले उनको रेखदेखमा धेरै निगरानी गर्न थाले । दरबारभित्रै उनको हरेक इच्छा आकांक्षा पुर्याउने काम गरे । खेलकुद, शिक्षा, मनोरञ्जन लगायत हरेक कृयाकलाप, हरेक चिजको व्यवस्था उनलाई दरबारभित्र नै पुर्याउन थालियो । दरबारभित्रै कै सुख आनन्द, ऐसआराममा हुर्किदै गरेका सिदार्थलाई एक दिन दरवार भन्दा बाहिर निस्केर बाहिरी माहोलमा घुमफिर गर्ने ईच्छा जाग्यो ।

यसैक्रममा एकदिन उनी रथारोहण गरी राज्य घुम्ने क्रममा एकपछि अर्को गर्दै क्रमशः उनले एक कुप्रो परेको बुढो मान्छे, त्यसपछि रोगी, अशक्त र लाश देखे र आफ्नो सारथीलाई यस विषयमा सोधे । सारथीले जन्म पछिको मुत्यु नै एक यथार्थ सत्य हो भनी वास्तविकता सुनाएपछि उनी एकछिन् मौन भइ मनन् गर्न थाले । आखिरमा मानिस जन्मेपछि बुढो हुनुपर्ने, रोगी हुनुपर्ने र अन्ततः मर्नु पर्ने रहेछ । यो कस्तो विडम्वना जुनि रहेछ भन्दै चिन्तित हुन थाले । मान्छे किन जन्मिछन् ? जन्मेपछि बुढो किन हुन्छन् ? रोगी, अशक्त, गरिब, बुढ्यौलीपन र अन्ततः मृत्यु आखिर किन ? के कारणले होला ? के यसको कुनै निवारण रोकथाम छैन ? आदि इत्यादि विषयलाई लिएर उनी दिनरात सोचमा डुब्न थाले । फेरि अर्को दिन उनले शान्तचित्त भएका एकजना भिक्षु देखेँ, जसले उनलाई शान्त, सालीन स्वभाव र आनन्द प्राप्त गर्न प्रेरित गर्यो ।

यसै क्रममा उनको अब विवाहको कुरो चल्न थाल्यो । यशोधरा नामकी राजकुमारीसँग उनको विवाह भयो । पछि उनी छोरा राहुलका पिता पनि बन्न पुगे । दरबारभित्रैको सुख भोग, साथमा श्रीमती र छोरा । दुःख के हो भन्ने कुराको कत्ति पनि ज्ञान नभएका गौतमसँग सारा खुशी ऐसआराम भए तापनि उनको मनमा शान्ति भने थिएन ।

जन्म, मृत्यु, बुढ्यौली पन, रोग, गरिबी, संकट, घनि, गरिब, उचनिच, भयडर त्रास, रिस, क्रोध, झगडा, अशान्ति यी सारा चिजबाट मानिसलाई कसरि मुक्त गर्न सकिन्छ ? संसारमा सबैलाई कसरी सुखी र खुशी बनाउन सकिन्छ । संसारमा शान्ति स्थापना कसरी गर्न सकिन्छ आदि इत्यादि कुराले गौतमको मनलाई अशान्ति बनाइ रहेको थियो । राज्यभिषेक, राज्यभोग, ऐस आराम उनलाई तुच्छ लाग्न थाल्यो । राज्यभोग विलास, ऐस आरामले काम, क्रोध, लोभ, मोह, लालच, अहंकार, मदभेद, आपसी कलंक बढाउँछ भन्ने ज्ञान उनलाई लाग्न थाल्यो । सुखसयलमा हुर्किएका उनी राजा बनेर राज्य भोग गर्नु सक्थे, तर उनले सत्ता मोह, पारिवारिक मोह कहिल्यै राखेनन् ।

अन्ततः सारा सुख ऐसआराम, मायामोह दरवारीया सुखसयल छोडेर बाहिर निस्कन चाहे । तपस्या गर्न चाहे । किनकि महापुरुषका लागि विश्व नै घर हुन्छ र सम्पूर्ण प्राणी नै परिवार । त्यसैले उनले २९ वर्षको उमेरमा गृहत्याग गर्ने निधो गरे । घरपरिवार राज्य सुख सयल माया मोहबाट टाढै रही गृह त्याग गरे र भारतको बोधगयामा गएर लगभग ६ वर्षसम्म कष्टकर तपस्या गरी बुद्धत्व शान्ति प्राप्त गरे । सम्पूर्ण प्राणी जगतको उद्दार, कल्याणको निमित्त आफ्नो भौतिक, शारीरिक, पारिवारिक सबै सुखलाई कुन्ठित गरी बोधिको निमित्त पूर्णरूपले समर्पित भएर प्राप्त गरेको ज्ञान नै बोधिज्ञान हो ।

बुद्धले परिवार छोड्नुको उदेश्य विश्वमै कसरी शान्ति प्राप्त गर्न सकिन्छ भन्ने थियो । धेरैले त उनलाई परिवारको जिम्मेवारी र दायित्वबाट पन्छिन खोजेको हो भनी आरोप पनि लगाएका थिए । तर उनले आफ्नो परिवारप्रतिको दायित्वभन्दा ठूलो विश्व प्रतिको दायित्व सम्झे ।

मानिसहरू कति रोगले उपचार नपाएर छटपटि रहेका छन् । रोग, शोक र भोकले छटपटी रहेका मानिसहरुलाई कसरी धैर्य धारणा बनाउन सकिन्छ भन्ने उनको धारणा थियो तेसैको लागि उनी प्रकृतिको शरणमा गएका थिए । बुद्धत्व प्राप्त गरिसकेपछि ३५ वर्षको उमेरमा उनको हिन्दु धर्मावलम्बीहरुको मुख्य तीर्थस्थल भारतको उत्तरप्रदेश अन्तर्गत वाराणसीनजिक सारनाथ गएर पीपलको फेदमा बसेर पहिलो पटक आफ्ना शिष्यहरुलाई उपदेश दिएका थिए । उनले आफूले आफ्ना शिष्यहरुलाई दिएको उपदेश र शिक्षालाई त्रिपिटकमा संकलन गरेका छन्, जस्मा आफ्ना ८२,००० र आफ्ना मुख्य मुख्य शीर्षकहरुका २,००० हजार गरी जम्मा ८४,००० उपदेशमुलक सूत्र छन् ।

हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको सम्पत्ति चोरी नगर्नु, प्राणीमा दयामाया देखाउनु, ब्रह्मचर्यको पालना गर्नु, आत्मादेखि नै सहयोगको भावना राख्नु, आवश्यकताभन्दा बढी धन सञ्चय नगर्नु जस्ता उनका महावाणी अहिले पनि विश्वमै उपयोगी बनेका छन् । हिन्दूहरूको वेद, इस्लामहरूको कुरान, क्रिश्चियनहरूको बाइबलजत्तिकै महत्वपूर्ण मानिने त्रिपिटक विश्वशान्तिका लागि पठनीय र चिन्तनीय रहेको छ ।

बुद्धको प्रयोगात्मक शिक्षालाई शील, समाधि र प्रज्ञा भनी तीन चरणमा विभाजन गरिएको पाइन्छ । शील भन्नाले पञ्चशील भन्ने बुझिन्छ, जसअन्तर्गत हिंसा नगर्नु, चोरी नगर्नु, झुट्टो नबोल्नु, जाँडरक्सीजस्ता मादक पदार्थ सेवन नगर्नु, व्यभिचार नगर्नु जस्ता बौद्धमार्गी गृहस्थी उपासकले गर्नुपर्ने नियमहरू पर्दछन् भने समाधि र प्रज्ञा अन्तर्गत दुःखको निवारणको मार्ग, यथार्थ बोल्नु, सही कुराको साथ दिनु, जति पनि नराम्रा विचारहरू छन्, ती सबै त्यागेर सुखशान्तिको मार्गतिर लाग्नु, नराम्रो बोलीबाट अलग्गिनु र राम्रो एवं सत्य वचन बोल्नु, अरूको शरीरमा देखिएको दुःखकष्ट तथा पीडाको औषधी बनिनु, उद्योगी, मिहिनेती बनी जीवन बिताउनु, नराम्रो र आफैंलाई पतन गराउने पापकर्म बाट टाढै बस्नु । शारीरिक वयाम वा अभ्यास गर्नु, खराब तथा पापकर्मलाई दमन गरेर सतर्क वा जागरुक जीवन बिताउने कुराको स्मरण गर्नु, आफ्नो ध्यानलाई एकाग्र या नियन्त्रण गर्नु आदि पर्दछन् । यस्ता अद्भूत तथा अलौकिक व्यक्तित्व गौतमले घोर तपस्याद्वारा बुद्धत्व प्राप्त गरेका कारण उनको नाम नै गौतम बुद्ध रहन गएको हो ।

बुद्धधर्मका प्रवर्तक महामानव गौतम बुद्धको ८० वर्षको उमेरमा महापरिनिर्वाण भएपछि उनका शिष्य आनन्द र सारिपुत्र लगायत अन्यले बुद्धधर्मको प्रचारमा विशेष योगदान दिएको पाइन्छ । पछि लगभग ५ सय वर्षपछि भारतीय शासक अशोक सम्राट्ले यस धर्मको व्यापक प्रचारप्रसार गरे । त्यसपछि यो धर्म नेपाल, भारत, जापान, चीन, थाइल्यान्ड, म्यानमार, मंगोलिया आदि देशमा फैलिएको पाइन्छ र ती राष्ट्रहरूमा बुद्धधर्म मान्ने बुद्धमार्गीहरूको संख्या पनि अत्यधिक रहेको पाइन्छ ।

गौतम बुद्धले नेपालको गौरव बढाएका छन् । आज जहाँजहा बुद्धधर्मावलम्बी छन्, त्यहाँ नेपाल छ र नेपालप्रतिको सद्भाव छ । शान्ति चाहने सम्पूर्ण प्राणीको हित र रक्षाका लागि पनि लुम्बिनी स्वर्गीय आनन्द प्रदान गर्ने स्थल बनेको छ । गौतम बुद्धले भनेका थिए, संसारका सबै वस्तु नाशवान् छन्, ती वस्तुप्रति मोह राख्नु भनेको दुःख निम्त्याउनु हो । हृदयदेखि पवित्र भावले सेवाकार्यमा लागे दुःखबाट अवश्य छुटकारा पाउन सकिन्छ र अन्त्यमा मुक्ति मिल्छ । यसरी शान्तिको बिगुल फुक्दै विश्वसामु अमरत्व प्राप्त गर्न सफल भएकै कारणा उनलाई एसियाका तारा तथा विश्वशान्तिका अग्रदुत मानिन्छ । उनी शान्तिका प्रतीक हुन् । यस्ता महान् व्यक्तित्व गौतमबुद्धको नाम, काम र उनको मार्गदर्शनले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएको विकृति विसंगति, दमन, अत्याचारको अन्त्य होस् । देशमा बढिरहेको भ्रष्टचार, अशान्ति, चोरी, हत्या हिंसा, गरीबिबाट देशले मुक्ति पाओस् ।

विश्व महामारी कोविद १९ कोरोनाका कारण बुद्ध जयन्ति यो पल्ट मनाउन सकिएन । बौद्ध धर्मावलम्बीहरूले आफ्नो आफ्नो बिहारमा, घरघरमा, सप्ताहब्यापी बुद्ध पूजा परित्राण तथा दीप प्रज्ज्वोलन गरी मनाउनुहोला । घरमै रहनु होला । आफू पनि बचौँ अरूलाई पनि बचाऔँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।