Logo माघ १२, २०७७ सोमबार


‘बुद्धको जीवनमा ७ अंकको अनौठो संयोग’

लुम्बिनीलाई विश्व शान्ति शहर बनाइने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लुम्बिनीलाई विश्व शान्ति शहर बनाइने बताउनुभएको छ । प्रधानमन्त्रीले २५६४ औं बुद्ध जयन्तीमा शुभकामना सन्देश दिँदै त्यसबारे जानकारी गराउनुभएको हो ।

‘लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई सार्थक रुप दिन प्रयास जारी छ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ, ‘हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरीका बुद्धमार्गीहरुसँगै पर्यटकहरुको आकर्षक केन्द्रको रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौँ । लुम्बिनी सिद्धार्थ गौतमको जन्मस्थल हुँदै हो । त्यति मात्र होइन, यो बुद्ध दर्शनको उद्गम स्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जान जरुरी छ ।’

प्रधानमन्त्रीले बुद्धको जीवनमा ७ अंकसँग सम्बन्धी अनौठो संयोग रहेको स्मरण गराउनु भएको छ । ‘शाक्यमुनि बुद्धको जीवनमा सात अंकको अनौंठो संयोग रहेको पाइन्छ, भनिन्छ उहाँ जन्मनासाथ सात पाइला हिड्नुभएको थियो, ‘शुभकामना सन्देशमा भनिएको छ, ‘जन्मेको सात दिनमा आमा मायादेवीको निधन भएको थियो । सात वर्षसम्म अनवरत तपस्या गरी सातौ वर्षमा उहाँले बुद्धत्व प्राप्त गर्नुभएको थियो । र उहाँको महापरिनिर्वाणपछि पार्थिव शरीरलाई के गर्ने भनी सात दिनसम्म पर्खिएर निर्णय गरिएको थियो ।’

प्रधानमन्त्रीले सन्देशमार्फत ‘विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दै बुद्ध जयन्तीले ‘कोरोना महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा एेक्यवद्धता प्रदर्शन गर्न प्रेरित गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…