चिनियाँ नागरिकलाई स्वदेश फर्काइँदै

काठमाडौं । चीनले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । चिनियाँ सरकारले नेपालमा रहेका १ सय ६२ जना चिनियाँ नागरिकलाई बिहीबार स्वदेश फर्काउने तयारी थालेको हो ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन जारी राखेपछि नेपालका विभिन्न क्षेत्रमा रहेका आफ्ना नागरिकलाई चीनले स्वदेश फर्काउन लागेको नेपालस्थित चिनियाँ दुतावासले जनाएको छ । दुतावासको पहलमा चिनियाँ सोसाइटी नेपालले उनीहरुलाई चीन फर्काउन लागेको बताइएको छ ।

नेपालमा रहेका चिनियाँलाई दुतावासले चाइना साउथनका दुई विमानबाट मध्यान्ह १२ बजे छेन्दु र अपरान्ह २ बजे ग्वान्जाउ लैजान लागिएको जनाएको छ । चीन सरकारले नेपालस्थित चिनियाँ दुतावासको समन्वयमा यसअघि ३ पटक गरी करिब ५ सय भन्दा बढी चिनीयाँ नागरिकलाई स्वदेश फर्काइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…