साइप्रसमा चक्कुले हानेर नेपाली विद्यार्थीको हत्या

काठमाडौं । साइप्रसमा चक्कु प्रहार गरी एक नेपाली विद्यार्थीको हत्या भएको छ । साइप्रसको राजधानी निकोसिया नजिकैको इभिचिउमा मंगलबार राति चितवनको रत्ननगर नगरपालिका–१२ का २१ वर्षीय विवेक अम्मगाईकाे हत्या भएको हो ।

कोठामा सँगै बस्ने साथी २२ वर्षीय सुवास गिरीले चक्कु प्रहार गरी विवेकको हत्या गरेको साइप्रस प्रहरीले जानकारी दिएको छ । मंगलबार राति रक्सी आएर उनीहरु आपसमा झगडा गरेका थिए । झगडापश्चात सुवासले चक्कु लिएर विवेकमाथि प्रहार गरेका थिए । गम्भीर घाइते भएका विवेकलाई साइप्रस प्रहरीले अस्पताल पुर्याएको थियो । तर अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गर्यो ।

आरोपी सुवासलगायत सँगै बस्ने अन्य विद्यार्थीलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेकाे स्थानीय समाचार माध्यमले उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…