भारतमा कोरोनाले एकैदिन पत्रकारसहित १ सय ६ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन १ सय ६ जनाको मृत्यु भएको छ । एक सञ्चारकर्मी सहित ठूलो संख्यामा कोरोना संक्रमणका कारण बिहीबार एकै दिन मृत्यु भएको यो पहिलो घटना हो ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा हालसम्म १ हजार ८ सय ९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको हाे । उनीहरु मध्ये २५ जना मुम्बईका हुन । मुम्बईमा मात्रै अहिलेसम्म ६ सय ९४ मानिसको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

त्यस्तै, कोरोना भाइरसका संक्रमण भएका आगराका पत्रकार पंकज कुलश्रेष्ठको पनि बिहीबार नै मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । पत्रकार पंकज आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । उनको बिहीबार अबेर राति मृत्यु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा पनि बिहीबार २९ जनाको मृत्यु भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या ४ सय २५ पुुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…