कामदारको स्वास्थ्य सुरक्षामा रोजगारदाताको दायित्व

जनता स्वास्थ्य सुरक्षाका लागि मानवीय सहयोगको अपेक्षा गरिरहेका छन् । सबै जनताको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सम्बन्धित सरकारले लिनु पर्दछ । मानिसको जन्म देखि मृत्यु पश्चात सम्मका सम्पूर्ण व्यवस्थापनमा सरकारको भूमिका हुन्छ । स्वदेशमा वा विदेशमा जो जहाँ रहेका भएपनि कामदारहरु सरकारको तर्फबाट हुनुपर्ने उचित व्यवस्थापनको पर्खाईमा छन् । 

आजको प्रतिस्पर्धात्मक समयमा कामदारको स्वास्थ्य सुरक्षा दुर विषय भएको छ । परम्परागत प्रणाली होस् या आधुनिक शैली अपनाएर मानिसले जिउनको लागि तमाम काम सम्पन्न गरेकै छ ।स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त कामदारको माग अत्यधिक छ । नेपालीहरु स्वदेश होस् या विदेशमा अदक्ष नै भएपनि काममा घोटिएकै छन् । दिनानुदिन रोजीरोटीका लागि आफूलाई जोखिम मलेर भएपनि काममा खटिएका छन् । कामदारहरुआफ्नो स्वास्थ्य सुरक्षा विना नै बेप्रवाह ढंगलेरोजगारीको खोजीमा भौतारिरहेका छन् । जति सुकै लोकतान्त्रिकरण वा गणतान्त्रिकरणका कुरा गरे पनि कामदारका समस्या ज्यूका त्यूँ छन् । साथै काममा विभेद, असुरक्षा, अमर्यादा,अस्वस्थतासंसारमा कायमैछ ।

नेपालमा एकातिर व्यावसायिक कामको अभाव छ र अर्कौतिर ज्याला कम छ । त्यसकारण नेपालीहरू विदेश जानेको संख्या बढ्दो छ ।नेपालीहरु युरोप, अमेरिका र अष्ट्रेलियामा समेत कामदारका रुपमा जाने गरेका छन् । नेपाली कामदारको मुख्य गन्तव्य भारत लगायत खाडीका देश (साउदी, कतार, यूएई, कुवेत, बहराइन, ओमान) र मलेसिया  बनेकाे छ । नेपालीहरु अधिकांश निर्माण कार्य, होटेल रेष्टुराँ, लगायत घरेलु कामदारका रुपमा विदेशीयको पाइन्छ । आज विश्व समुदाय कोरोना भाइरस अर्थात कोभिड– १९ को कहरमा बल्झिएको छ । मानवीय क्षति अकल्पनीय रूपमा भइरहेकाे छ । दिनानुदिन मानिसमा संत्रासको बादल छाएको छ । संसारका विकसित एवं सुविधा सम्पन्न देश समेत कोभिड– १९ कहरबाट घायल भइसकेका छन् । नेपाल लगायत विभिन्न मुलुकमा कोभिड– १९ का कारण लगाइएको लकडाउनको अवधि कतै खुकुलो भएपनि अनिश्चितकालीन नै रहने अनुमान गर्न सकिन्छ । हुनत लकडाउन संक्रमणको जोखिम कम गर्न अपनाइएको अस्थायी समाधान हो । नेपालमा मात्र लकडाउनको अवधि डेढ महिना नाघिसकेकाे छ ।

अहिलेको विषम परिस्थितिमा कतिपय रोजगारदाताले तलब दिएका छैनन् भन्ने कामदारहरुको गुनासो छ । यस्तो महामारीको अवस्था कामदारको कारणले  उत्पन्न भएको होइन । कामदारले न्यूनतम पारिश्रमिक पाउनुपर्छ भन्ने माग सर्वत्र छ । न्यूनतम ज्याला पाउने व्यवस्थाका लागि समन्वय र सहजीकरण हुनु जरुरी छ । विश्व महामारीकाे विषम परिस्थितिमा पारिश्रमिक पाउनुपर्छ भन्ने कामदारको माग उपयुक्त छ ।

कोभिड १९ संक्रमणबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्न कामदारलाई काम गर्न रोक लगाइएको छ । कामदारले काम बिना ज्याला पाउने कुरै भएन । ज्यालादारीका कामदारलाई दुई छाकटार्न धौ धौ परिसकेको छ । लकडाउनका अवधिभर खाद्यवस्तुको अभावका कारण खानलाउन कठिन भैसकेको छ । नेपालभित्र र विदेशमा काम गर्नेकम्पनी अर्थात रोजगार निकायबन्द भएका छन् । स्वदेशभित्र वा विदेशमा काम गर्न रोजगारदाता सँग लिखित वा मौखिक कुनै पनि करार सम्झौता गरेरै काममा लागेका हुन्छन् । रोजगारदाता भन्नाले रोजजगार उपलब्ध गराउने व्यक्ति वा निकाय हुन । रोजगारदाता स्वदेशी वा विदेशी दुवै हुन सक्दछन् । अहिलेको विषम परिस्थितिमा कतिपय रोजगारदाताले तलब दिएका छैनन् भन्ने कामदारहरुको गुनासो छ । यस्तो महामारीको अवस्था कामदारको कारणले  उत्पन्न भएको होइन । कामदारले न्यूनतम पारिश्रमिक पाउनुपर्छ भन्ने माग सर्वत्र छ । केही देशले यो अमानवीय हुन्छ भनेर दिने भनेका छन् भने केही देशमा कठिनाइ भएको छ । त्यसैले न्यूनतम ज्याला पाउने व्यवस्थाका लागि समन्वय र सहजीकरण हुनु जरुरी छ । विश्व महामारीका विषम परिस्थितिमा पारिश्रमिक पाउनुपर्छ भन्ने कामदारको माग उपयुक्त छ ।

स्वदेश होस् वा विदेशमा हवाइ उडान लगायत यातायात पनि बन्द छ । कामदार कामको खोजीमा कहि कतै जान पाइरहेका छैनन् । अहिले थुप्रै नेपाली कामदार स्वदेशमै र विदेशमा समेत एक प्रकारको संकटग्रस्त जीवन बिताइरहेका छन् । उता विदेशमा रहेका कतिपय कामदारको भिसा र करारको अवधि सकिएको छ । कतिले त नेपाल फर्कने टिकट समेत काटिसकेका थिए । उनीहरु फर्कन नपाउँदा ओभरस्टे को अवस्था  छ । नेपाली कामदारहरु करार गरेर नै काममा जाने हुँदा रोजगारदाता कम्पनीले नै फर्कने टिकट दिएको हुन्छ, समस्या हुँदैन । तर कोभिड १९ का कारण वैदेशिक रोजगारमा रहेका नेपाली कामदार अलपत्र परेका सुन्नमा नआएका होइनन् । केही देशमा करारको अवधि सकिएको अवस्थामा पनि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित नेपाली दूतावासले सम्बन्धित देशका सरकारसँग समन्वय गरिदिएको हुनाले काम गरिरहेका छन् । यो नेपालीसहित धेरै देशका नागरिकको साझा समस्या भएकाले करारको पनि म्याद थप्ने र भिसाको पनि म्याद थप्ने गरी धेरै जसो देशले निर्णय पनि गरिसकेका छन् । यस्तो व्यवस्था मिलाउने भनेर दूतावासमार्फत जानकारी भैसकेको छ । तर पनि कामदारलाई काम गर्ने र आफ्नो कमाई हुन्छ भन्ने कुरा निर्धक्क भएर बस्न सक्ने अवस्था छैन ।

वैदेशिक रोजगारमा रहेका आवधिक र भिसा सकिएका, ओभर स्टे भएका, कागजातवीहीन भएर काम गरिरहेका, पर्यटक भिसामा गएर काम गर्दै गरेका नेपाली कामदारलाई समेत समस्या देखिएको छ । खाडीका केही देशमा लकडाउनका साथै कर्फ्यू समेत लागेको छ । यस्तो बेला त्यहाँ रहेका नेपाली कामदार बिरामी भए उपचार तथा कम्पनीमा काम बन्द हुँदा खान बस्नको पनि समस्या छ । नेपाल फर्कनको लागि लकडाउनका कारण र खर्च अभावका कारण समस्या भएको छ

नेपालभित्र र नेपाली कामदार गएका देशमा पनि कोभिड– १९ भाइरस संक्रमण फैलिरहेको छ। कोभिड–१९ समुदायमा समेत फैलिने क्रम जारी छ । यसले गर्दा संक्रमणकाे जोखिमसँगै रोजगारीका लागि करार सम्झौता समेत जोखिममा परेका छन् । वैदेशिक रोजगारमा रहेका आवधिक र भिसा सकिएका, ओभर स्टे भएका, कागजातवीहीन भएर काम गरिरहेका, पर्यटक भिसामा गएर काम गर्दै गरेका नेपाली कामदारलाई समेत समस्या देखिएको छ । खाडीका केही देशमा लकडाउनका साथै कर्फ्यू समेत लागेको छ । यस्तो बेला त्यहाँ रहेका नेपाली कामदार बिरामी भए उपचार तथा कम्पनीमा काम बन्द हुँदा खान बस्नको पनि समस्या छ । नेपाल फर्कनको लागि लकडाउनका कारण र खर्च अभावका कारण समस्या भएको छ । देशमा वा विदेशमा यस्तो समस्या भोग्ने कामदारलाई नेपाल सरकारले कसरी सहयोग गरिहेको छ त ? भन्ने प्रश्न समेत उठेकाे छ ।

अनिकालमा बिउ जोगाउनु हुलमूलमा जिउ जोगाउनु भने झै अहिलेको समय भनेको आफू पनि जोगिने र अरुलाई पनि जोगाउनुहो । कोभिड– १९ बाट बच्न र बचाउन व्यक्ति व्यक्तिबीच दूरी कायम गर्नुपर्दछ । आत्तिनु पर्दैन । कामदारले भिडभाड नगरौ । साथीभाइ सकेसम्म नभेटौं । भेट्नै पर्ने भए पनि दूरी कायम गरौं । मास्क, पन्जा र अन्य संक्रमण रोकथामका उपाय अपनाउ । कोभिड १९ लाग्नासाथ मरिने पनि होइन । तर संक्रमण आफूलाई सर्न र हरुलाई सार्नबाट सावधानी अपनाउ । आफूलाई ज्वरो आएमा विशेष सुरक्षित बसिदिनु पर्दछ । नेपाल सरकारको तर्फबाट स्वदेश र विदेशमा रहेका नेपाली कामदारका अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको छ । कामदारको सुरक्षा र स्वास्थ्य व्यवस्थापनमा सरकारी पक्षका कमजोरी पनि प्रशस्त देखिएका छन् । सरकारी बाहेक अन्य निकायको कुनै चासो देखिदैन । सरकारको आलोचना मै अलमलिएका छन् । यस्तो विपदको परिस्थितिमा पनि आफू अनुकूल फाइदा लिनेको जमात प्रसस्तै छन् । न्यूनतम स्वास्थ्यसँग सम्बन्धित बन्दोबस्तीको अभावमा नै नेपाली कामदार आफूलाई कर्तव्यनिष्ठ बनाई रहेका छन् ।

कोभिड १९ को जोखिम विश्वभर बढ्दो छ । कोभिड १९ रोग नियन्त्रणका लागि औषधि नबनेसम्म स्वास्थ्य सुरक्षाको खतरा कायमै छ । भोलिका दिन कामदारलाई स्वास्थ्य सुरक्षा दिन कठिन छ । स्वदेशमा मात्र होइन विदेशमा पनि स्वास्थ्य सुरक्षा अभाव भएमा बेरोजगारी समस्या रहने छ । काम विहीन भएको अवस्थामा गन्तव्य देशबाट लाखौं नेपाली नागरिक ल्याउनुपर्ने हुनेछ । करिब १० लाख भन्दा बढी नेपाली कामदार विदेशबाट स्वदेश फर्कने अनुमान गरिएको छ । नेपाली नागरिकता भएका हरेक व्यक्तिको जिम्मा नेपाल सरकारले लिनु पर्दछ । नेपाल सरकारको लक्ष्य भनेको नेपालीको हित र रक्षा नै हो । नेपाली कामदारले स्वास्थ्य सुरक्षाकाप्रावधान पूरा गर्नु पर्दछ । बिदेशबाट आउने प्रत्यक नेपाली कामदार क्वारेण्टीनमा तोकिएको अवधि सम्म बस्नुपर्ने हुन्छ । यसका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नु पर्दछ । स्थानीय, प्रदेश र केन्द्र सरकारले क्षमता वृद्धिमा ध्यान पुर्याउनु पर्दछ । नेपाल सरकार भनेको नागरिक र आमसमुदायको नै हो । आम नागरिक मिलेर गर्ने हो । हामी सबै मिलेर महामारीविरुद्ध लाग्नु पर्ने हुन्छ । कुनै पनि नागरिक राज्यविहीन हुनु हुँदैन । नेपाली कामदारलाई सरकारले जस्तोसुकै परिस्थितिमा पनि राहत र उद्धार गर्नु पर्दछ। नेपाली कामदारको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मापदण्ड अनुरुप गरिनु पर्दछ । तत्काललाई महामारीबाट पार पाउने उपायमा नै ध्यान केन्द्रित हुनुपर्दछ ।

नीतिगत हिसाबले नेपाल सरकार श्रम विभागको कार्यक्षेत्र मूलतः श्रम व्यवस्थापनगर्ने हो । विभागले कार्य विवरण अनुरुप आफूलाई निर्दिष्ट गरिएको आर्थिक, प्रशासनिक तथा नीति निर्देशन सम्बन्धी कार्यसञ्चालनका साथै व्यवस्थापनका कार्य समेत गर्नुपर्दछ । अव कुरा आउँछ व्यवहारिक दृष्टिकोणबाट सरकारको तर्फबाट कामदारका लागि के गर्न सकिन्छ त ? कामदारहरुको आधारभूत हक अधिकारको संरक्षण तथा सुरक्षित कार्यअवस्थाको प्रवद्र्धन गर्नुका साथै काममा स्वास्थ्य सुरक्षा व्यवस्थापन सम्बन्धी भरपर्दाे र विश्वसनीय आधार तयार गरिनु पर्दछ। कल्याणकारी कोषको व्यवस्थापनमा बिशेष योजना प्रवर्द्धन गरिनु पर्दछ ।काममा सुरक्षा तथा स्वास्थ्य व्यस्थापन गर्न व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको क्रियाशिलतामा जोड दिइनु पर्दछ ।

स्वास्थ्यसुरक्षा मा तत्काल खतरा परेको कारणबाट काम बन्द गर्न सकिन्छ । कसैलाई स्वास्थ्य खतरा पुग्ने गम्भीर किसिमको अनपेक्षित क्षति वा हानी नोक्सानी पुग्नु हुदैन । आँखा बचाउ, रासायनिक पदार्थ, जैविक पदार्थबाट बचाउ, मेसिनबाट बचाउआदि कामदारका सुरक्षित आधारभूत बचाउका आधार हुन् ।कामदार र रोजगारदाताबीच हानी नोक्सानी पुर्याउने, दुःख दिने वा रिसइवी साध्ने स्वास्थ्य असुरक्षा हुनु हुँदैन

कामदार सुरक्षा कोषको व्यवस्था गरिनु पर्दछ । कामदारकोे हकमा निज कार्यरत प्रत्येक रोजगारदाताले आधारभूत पारिश्रमिकको आधारमा उपदान, सञ्चय कोष वा सामाजिक सुरक्षा सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्दछ । कामदारको औषधि उपचार र बीमा व्यवस्थापनमा जोड दिनु पर्दछ । रोजगारदाताले प्रत्येक कामदारको वार्षिक औषधि उपचारको रकममा वृद्धि गरिनु पर्दछ । दुर्घटना बीमा रोजगारदाताले प्रत्येक कामदारको गरिदिनु पर्दछ ।

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था निर्देशनको अधीनमा रही रोजगारदाताले कार्यस्थलमा कामदारको स्वास्थ्य सुरक्षासम्बन्धी नीति बनाई लागू गर्नु पर्दछ ।रोजगारदाताले बनाएको स्वास्थ्यसुरक्षा नीतिको पालना भए नभएको सम्बन्धमा सरकारले नियमित रुपमा अनुगमन गर्नु पर्दछ । कामदारप्रति रोजगारदाताको कर्तव्य, व्यवसायजन्य स्वास्थ्यसुरक्षाका सम्बन्धमा रोजगारदाताको कामदारप्रतिको कर्तव्य कार्यस्थलमा स्वास्थ्यसुरक्षा सम्बन्धी उचित प्रबन्ध गरीनु पर्दछ ।कार्यस्थलमा काम गर्ने सुरक्षित वातावरण बनाउनु पर्दछ । कार्यस्थलमा भौतिक, रासायनिकवा जैविक पदार्थ र तत्सम्बन्धी उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा स्वास्थ्यसुरक्षा मा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाईनु पर्दछ ।कामदारलाई आवश्यकता अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी आवश्यक सूचना, जानकारी र तालिम प्रदान गरिनु पर्दछ । उपकरण वा कामसँग सम्बन्धित भौतिक, रासायनिकवा जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र जानकारी उपयुक्त भाषामा दिने व्यवस्था हुनु पर्दछ । कार्यस्थलमा स्वस्थकरसुरक्षितप्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था हुनु पर्दछ ।

कामदारलाई आवश्यकता अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षा साधन उपलब्ध गराउनु पर्दछ। कामदारलाई निशुल्क स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधा वा उपकरण रोजगारदाताले उपलब्ध गराउनु पर्दछ । रोजगारदाताले कार्यस्थलमा आउने र जाने वा कार्यस्थल भएर हिड्ने अन्य व्यक्तिको समेत स्वास्थ्यसुरक्षामा प्रतिकूल असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्दछ । कार्यस्थलको कुनै कार्य प्रक्रियाबाट कसैको स्वास्थ्य सुरक्षामा प्रतिकूल असर पर्ने वा खतरा पुग्न सक्ने भए रोजगारदाताले जानकारी दिनु पर्दछ । रासायनिक पदार्थ वा जैविक पदार्थको प्रयोग वा उत्पादन गर्ने सञ्चालन गर्दा निस्कने तरल पदार्थ वा ग्याँस वा अन्य कुनै कुराले स्वास्थ्यमा प्रतिकूल प्रभाव नपार्ने हुनु पर्दछ । कार्यस्थल, उपकरण, वस्तु वा पदार्थ सम्बन्धित कामको लागि सुरक्षित तथा स्वस्थ भए वा नभएको कुरा सुनिश्चित गरिनु पर्दछ ।

उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताले कार्यस्थलमा प्रयोग गरिने उपकरण, वस्तु वा पदार्थकोउत्पादन, आयात वा आपूर्ति गर्दा स्वास्थ्यसुरक्षा को ख्याल गनू पर्दछ । कामदारको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उपयुक्त ढङ्गले सञ्चालन वा प्रयोग गर्ने विधि तथा प्रकृया निर्धारण गरिनु पर्दछ । खतरा हटाउन वा घटाउन आवश्यक कुराहरुको बारेमा पूर्ण रुपमा जानकारी गराउन दिग्दर्शन तयार गर्नु पर्दछ । कार्यस्थलमा जानाजानी लापरबाही पूर्वक कामदारले स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा खतरा पुग्ने कार्य गर्नु हुदैंन । रोजगारदाता तथा कामदार आपसी सहयोगी बन्नु पर्दछ । उपकरण, वस्तु वा पदार्थको सञ्चालन तथा प्रयोग सुरक्षित तथा होसियारीपूर्वक गरिनु पर्दछ । दिग्दर्शन तथा अन्य कुराको स्वास्थ्य सम्बन्धमा जानकारी हासिल गर्ने, रोजगारदाताले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा साधनको अनिवार्य प्रयोग गर्नु पर्दछ ।

कामदारको प्रतिनिधित्व हुने गरी रोजगारदाता समेत सम्मिलित स्वास्थ्य सुरक्षा समिति हुनु पर्दछ । सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार कार्यस्थलमा प्रभावकारी कार्यान्वयन हुनु पर्दछ । कार्यस्थलमा स्वास्थ्य सुरक्षासम्बन्धी परामर्श दिने, प्रबन्धको मूल्याङ्कन गर्ने र त्यस्तो प्रबन्धलाई अझ बढी प्रभावकारी बनाउन ध्यानाकृष्ट नीति हरेक वर्ष पुनरावलोकन गरिनु पर्दछ । रोजगारदाता र कामदार अनुशासनमारहनु पर्दछ । स्वास्थ्य सुरक्षासम्बन्धी उचित व्यवस्था नगरेमा कानूनी उपचारको व्यवस्था हुनु पर्दछ । स्वास्थ्यसुरक्षा मा तत्काल खतरा परेको कारणबाट काम बन्द गर्न सकिन्छ । कसैलाई स्वास्थ्य खतरा पुग्ने गम्भीर किसिमको अनपेक्षित क्षति वा हानी नोक्सानी पुग्नु हुदैन । आँखा बचाउ, रासायनिक पदार्थ, जैविक पदार्थबाट बचाउ, मेसिनबाट बचाउआदि कामदारका सुरक्षित आधारभूत बचाउका आधार हुन् ।कामदार र रोजगारदाताबीच हानी नोक्सानी पुर्याउने, दुःख दिने वा रिसइवी साध्ने स्वास्थ्य असुरक्षा हुनु हुँदैन।

कार्यस्थलमा दुर्घटना भएमा वा चोटपटक लागेमा वा मृत्यु भएमा वा व्यवसायजन्य रोग लागेमा रोजगारदाता जिम्मेवार हुनु पर्दछ । रोजगारदाताले कार्यस्थलमा सङ्क्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्था मिलाउनु पर्दछ । कामदारलाई सङ्क्रामक रोग लागी उपचार गराउनु परेमा उपचारको अवधिभर काममा आउन निजलाई रोक लगाउनु पर्दछ । गर्भवती महिला कामदारलार्ई सामान्यतया स्वास्थ्यमा प्रतिकूल असर नपर्ने सरल काममा लगाउनु पर्दछ । व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्था अनुसार कामदारलाई रोग लागेमा उपचार खर्च तथा उपचार हुन नसक्ने भएमा क्षतिपूर्ति रकम कामदारलाई दिइने व्यवस्था हुनु पर्दछ ।

उत्पलब्ध जनशक्तिलाई आधुनिक प्रविधियुक्त र बजार सुहाउँदो उत्पादनशिल बनाउन सरकार योजनाबद्ध हुनु पर्दछ । संगठित वा असंगठित कामदारको व्यवस्थापनमा सम्बन्धित देशका शासकमा दुरदृष्टि हुनु पर्दछ । औद्योगिक तथा जुन सुकै क्षेत्रका कामदारको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्यवातारण हुनु पर्दछ । यसबाट कामदारको प्रभावकारी कार्यान्वयनका उद्देश्य पुराभएका हुन्छन् । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत कामदारहरुको सुरक्षा तथा स्वस्थ्यको प्रवर्द्धन गरिनु पर्दछ । काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइरहँदा कोभिड–१९ बाट संसार भरका कामदारहरु स्वास्थ्य सुरक्षा संवेदनिशतताबाट  चिन्तित रहेका छन् । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका विषयमा विश्व समुदाय नीति निर्माण र निर्णय कार्यान्वयनका लागि एक जुट हुनथालेका छन् ।

आजको संकटको घडीमा मानवको स्वास्थ्य व्यवस्थापनका लागि कल्याणकारी भावना विकास गरिनु आवश्यक देखिएको छ । स्वास्थ्य जस्तो अति संवेदनशिल विषयबाट जनतालाई स्वास्थ्य सामाजिक, आर्थिक, पारिवारिक सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हुन्छ ।  जनता स्वास्थ्य सुरक्षाका लागि मानवीय सहयोगको अपेक्षा गरिरहेका छन् । सबै जनताको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सम्बन्धित सरकारले लिनु पर्दछ ।मानिसको जन्मदेखि मृत्यु पश्चात सम्मका सम्पूर्ण व्यवस्थापनमा सरकारको भूमिका हुन्छ । स्वदेशमा वा विदेशमा जो जहाँ रहेका भएपनि कामदारहरु सरकारको तर्फबाट हुनुपर्ने उचित व्यवस्थापनको पर्खाईमा छन् । कामदारले धैर्य गर्ने र आफू रहेको स्थानमा सही सूचना लिने गर्नुपर्दछ । राज्यले पनि स्वदेश वा विदेशमा रहेका कामदारको स्वास्थ्य सुरक्षाको उपाय निकान्नु पर्दछ । अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा सफलता हाँसिल गर्न कामदारकोे स्वास्थ्य सुरक्षामा राज्यको ध्यान जानु जरुरी छ।

कार्यस्थलमा दुर्घटना भएमा वा चोटपटक लागेमा वा मृत्यु भएमा वा व्यवसायजन्य रोग लागेमा रोजगारदाता जिम्मेवार हुनु पर्दछ । रोजगारदाताले कार्यस्थलमा सङ्क्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्था मिलाउनु पर्दछ । कामदारलाई सङ्क्रामक रोग लागी उपचार गराउनु परेमा उपचारको अवधिभर काममा आउन निजलाई रोक लगाउनु पर्दछ । गर्भवती महिला कामदारलार्ई सामान्यतया स्वास्थ्यमा प्रतिकूल असर नपर्ने सरल काममा लगाउनु पर्दछ ।

(रेग्मी प्रहरी नायव उपरीक्षक(डिएसपी) हुनुहुन्छ) सुझावको लागि  [email protected]

यो पनि पढ्नुस्

प्राकृतिक विपद र नागरिक चेतना

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…