Logo माघ ९, २०७७ शुक्रबार


दाङको क्‍वारेन्टाइनमा बसेकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

काठमाडौं । शुक्रबार राति क्‍वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। दाङको तुलसीपुर रक्षाचौरमा रहेको तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् ।

आमा र दुबै बच्चा स्वस्थ रहे पनि बच्चाको तौल भने कम भएको तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन जनस्वास्थ निरीक्षक विमल केसीले बताए । उटाको १।८ केजी र अर्काको १।५ केजी तौल छ। अहिले उनीहरुलाई तुल्सी हस्पिटलमा राखिएको छ। बच्चाले दूध नखाएपछि एनआइसियुमा राखिएको छ। यसअघि यादवका २ छोरी २ छोरा छन्।

गर्भवती यादव बिहीबारबाट क्‍वारेन्टाइनमा बसेकी थिइन्। भारतको नाका क्षत्रेमा माइती भएकी यादव केही समयअघि माइत गएकी र बिहीबार मात्रै २ दिन हिँडेर घर आएकी थिइन्। यादवलाई शुक्रबार बिहान १२ बजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।

बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्राडा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल हनुहुन्छ ।

गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ…