‘प्रधानमन्त्री ओलीलाई हटाए नेकपा दुर्घटनामा पर्छ’ (भिडियोसहित)

नेकपाभित्र के भइरहेको छ ? सुवास नेम्वाङको खुलासा

काठमाडौंसुवास नेम्वाङ, पूर्व सभामुख तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता । नेम्वाङले राजनीतिमा सधै सन्तुलित भूमिकामा निर्वाह गर्दै आउनुभएको छ । राजनीतिमा उत्पन्न जटिलतालाई सरल बनाउने खुबी छ उहाँसँग । संविधान जारी गर्दा उहाँ मुलुककाे सभामुख हुनुहुन्थ्यो । त्यसबेला उहाँले सन्तुलित तथा समन्वयकारी भूमिका निर्वाह गर्नुभयो ।

एमाले र माओवादीबीचको एकतासम्म पनि उहाँको भूमिका सन्तुलित नै रह्यो । उहाँ अहिले पनि त्यही भूमिकामा हुनुहुन्छ । मुलुकमा यतिखेर नेकपाको भारी बहुमतको सरकार छ । तै पनि सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लागेको छ । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले सरकारको आलोचनाको पारो झ्न बढेको छ । केही राजनीतिक दलले सरकारलाई सांसद अपहरणको आरोप समेत लगाएका छन् ।

के हो त्यसको वास्तविता ? राजनीतिसँगै कानुनको केस्राकेस्रा केलाउँदै आउनुभएका नेता नेम्वाङले जनता टेलिभिजनको कार्यक्रम खुला मञ्चमा त्यो लगायत नेकपाभित्र पछिल्लो समय देखिएको विवादबारे खुलस्त पार्नुभएको छ । नेता नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले त्यसको यथार्थ संसद अधिवेशनमा आउने समेत बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…