पुरुषको वीर्यमा पनि देखियो कोरोना, यौन सम्पर्कबाट सर्ने सम्भावना कति ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) निको हुन लागेका पुरुषको वीर्यमा भने भाइरस रहिरहनसक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना औंल्याएको छ ।

कोरोना महामारी उच्च रहेका बेला अर्थात् जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए ।
त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको यस अध्ययन टोलीले जर्नल जामा नेटवर्क ओपनलाई जानकारी गराएको छ । तीमध्ये ९ एकचौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए ।

‘कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको छ ।

यो नौलो खोजि भने होइन । पुरुषको प्रजनन क्षेत्रमा यसअघि अन्य भाइरस पनि भेटिएका थिए । इबोला र जिका भाइरस दुबै विर्यसम्म फैलिएको देखिएको थियो । विर्यबाट कोरोना फैलने विषय भने अझै स्पष्ट छैन ।

‘यदि भविष्यमा सार्स–कोभ–२ यौन सम्पर्कमार्फत फैलन्छ भनेर प्रमाणित भयो भनेर रोकथामका हकमा यौन सम्पर्क गम्भीर पक्ष हुनेछ ,’ टोलीले लेखेको छ । यौन सम्पर्क नगर्ने वा कण्डमको प्रयोग गर्ने विषय रोकथामका लागि अबलम्बन गर्न सकिने यो टोलीले जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…