Logo आश्विन १३, २०७७ मंगलबार


आगजनी र बम विष्फोटमा संलग्न विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । सडक निर्माणमा प्रयोग गरिएका एक्साभेटरमा आगजनी र बम विष्फोटको घटनामा संलग्न रहेको अभियोगमा ‘विप्लव’ समूहका थप एक जना कार्यकर्ता पक्राउ परेका छन्। घटनामा संलग्न रतुवामाई नगरपालिका ८ का ४० वर्षीय लक्ष्मण न्यौपानेलाई शनिबार राति रतुवामाई क्षेत्रबाट मोरङ प्रहरी पक्राउ गरेको हो ।

किसानचौक टाँडी रमिते सडक खण्ड निर्माणमा प्रयोग गरिएका तीनवटा एक्साभेटरमा २०७६ माघ ५ गते राति ९ बजे आगजनी र बम विष्फोट गरेर पूर्ण रुपमा क्षति पुर्‍याइएको थियो। यसै घटनामा संलग्न रहेको भन्दै प्रहरीले वैशाख ८ गते केराबारी गाउँपालिका ६ घर भएका ३८ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरेको थियो । धरानबाट पक्राउ गरिएका उनी पनि ‘विप्लव’ समूहमा आवद्ध रहेको र आगजनी एवं विष्फोटमा संलग्न रहेको खुलेको डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो।

पक्राउ परेका दुवैविरुद्ध आगजनी र बम विष्फोट मुद्दा अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताउनुभयो। घटनामा आठ जनाको समूह संलग्न रहेको र ती सबै ‘विप्लव’ समूहमा आवद्ध रहेको खुलेको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए । सडक निर्माणका क्रममा मिक्लाजु गाउँपालिका १ स्थित रमितेमा राखिएका बा ३ क ४०१२, को १ क ३०३० र बा ३ क ३५४२ नम्बरका एक्साभेटरमा आगजनी र विष्फोट गरेर क्षति पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।