नेकपामा आत्मसमीक्षाका पाटाहरु

सामूहिकता आवश्यक मात्र होइन अपरिहार्य

कोरोनाको महामारीले विश्व आक्रान्त हुँदा समेत राजनीति मुख्य छ्लफलको विषय बन्यो। बनाइयो। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको ध्रुवीकरण तीब्र गतिमा तलैसम्म फैलिएको छ। किन यस्तो भइरहेको ? यसबो नेकपाभित्र गम्भीर आत्मसमीक्षा हुन जरुरी छ। अनेक आयामको सूक्ष्म विश्लेषण हुन जरुरी छ।

सरकारबारे समीक्षा
सरकार कति सफल कति असफल ? यसबारे छ्लफल हुनैपर्छ। सरकारले चुनावी घोषणापत्र अनुरुप काम नसकेको आभाष भइरहेको छ। त्यस हिसाबले सरकारले अझ धेरै गर्न बाँकी छ। तर केही धेरै राम्रा पनि भएका छन । एकथरी पंक्तिले सरकारलाई असहयोग मात्र गर्ने, घेराबन्दी गर्ने, गलत प्रचार गर्ने भन्ने आरोप खेपेको छ । अर्को पंक्तिले सरकारको अन्धाधुन्ध समर्थन गर्ने, गलतलाई समेत ढाक्ने आदि आरोप लाग्ने गरेको छ।

दुवै आरोपमा सत्यता छ। सरकार भनेको प्रधानमन्त्री केपी शर्मा ओली मात्रै होइन। मन्त्री र राज्यमन्त्रीहरु पनि छन्। सरकार असफल हुनु सिङ्गो मन्त्रिपरिषद् असफल हुनु हो। गोकर्ण बिष्ट र लालबाबु पण्डित लगायतले राम्रो गरेर मन्त्रिपरिषदबाट बिदा हुनुभयो। केही मन्त्री अहिले परीक्षणमै  हुनुहुन्छ। केहीलाई काम गर्न नसकेको आरोप छ। केही काण्डमा मुछिएर बिदा हुनुभयो। कुन मन्त्री कसको कोटाबाट हुनुभयो ? उहाँ पनि उत्ति नै जिम्मेवार हुनुपर्छ । प्रदिप ज्ञवाली, डा. युवराज खतिवडा, वर्षमान पुन, रामबहादुर थापा, घनश्याम भूसाल र योगेश भट्टराई क–कसको कोटाबाट मन्त्रिमण्डलमा पर्नुभयो ?

 पार्टीमा अहिले बल्झिएको विवाद एकता प्रक्रियादेखिकै समस्या हो। मन्त्री, मुख्यमन्त्री, अन्य नियुक्तिमा अध्यक्ष ओलीले एकलौटी गरेको सबैको सामु छर्लङ्ग छ । पार्टीमा सर–सल्लाह गरेर अघि बढेको भए उहाँको कद अझै बढ्थ्यो। घट्दैनथ्याे। माधवकुमार नेपालको पनि यस बीचमा थुप्रै कमजोरी देखिए। उहाँ अध्यक्षमा पराजित भएको कुण्ठा र हिनताबोध बोकेर ओलीविरुद्ध लागे जस्तो आभाष हुन्छ ।  

प्रभावशाली भनिएका नेताले कति काम गर्नुभयो ? कति सक्नुभएन ? किन सक्नुभएन ? यसबारे छ्लफल हुनुपर्छ। विगतका सरकार भन्दा यो सरकार प्रगतिशील नै हो तर उल्लेख्य काम नभएको कुरा चाँहि साँचो नै हो। यसो भनिरहँदा प्रधानमन्त्री ओली तत्काल राजीनामा दिनुपर्ने अवस्थामा पुगेकै हो त ? किमार्थ होइन। यो सरकार ५ वर्षसम्म चल्नुपर्छ। विमानको सफल अवतरणपछि मात्र प्रधानमन्त्री ओलीको राजीनामा माग्नु सान्दर्भिक हुन्छ। अहिले कोरोनासँग लड्ने समय हो। यो बेला राजीनामाको प्रसङ्गसमेत आउनु विडम्बनापूर्ण छ।

सरकारका काम कारबाहीप्रति पार्टीका अन्य नेताहरुको चासो स्वभाविक छ। उहाँहरुले मिडियामा आवेग र लहडमा अभिव्यक्ति दिनुभन्दा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई नै सुझाव, सल्लाह दिनु हितकर हुन्छ। प्रश्न आउनुलाई सरकारले सकारात्मक रुपमा लिनुपर्छ। प्रधानमन्त्री, मन्त्रीसँग सिधै पहुँच राख्ने व्यक्तिले समेत मिडियामा उत्तेजक अभिव्यक्ति दिने कुराले न त सरकार सही बाटोमा हिड्न प्रेरित गर्छ न त पार्टी एकता नै सही दिशामा जान्छ।

प्रधानमन्त्रीले आफ्नो सचिवालय परिवर्तन गर्नुपर्ने आवाज बलियो छ। प्रभावशाली नेता शंकर पोख्रेललाई सूचना तथा सन्चारमन्त्री र मुख्य सल्लाहकारको भूमिकामा राख्नुपर्ने आवाज समेत आएको सुनिन्छ । यदि यसो हो भने ५ नम्बर प्रदेशको मुख्यमन्त्री माधवकुमार नेपाल समूहले लिनेछ। त्यसबाट पार्टीको आन्तरिक शक्ति सन्तुलनमा टेवा पुग्नेछ। अब काम गर्ने समय हो। अबको बाँकी समय पूरा शक्तिका साथ देश विकासमा लाग्नुपर्नेछ।

पार्टी एकताबारे समीक्षा
चुनावी तामलेससँगै भएको तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता असाधारण थियो। दुनियाँ चकित हुने खालको थियो। दुवै अध्यक्ष हुने गगरी एकीकरण हुँदासम्म ठिकै हो। अब महाधिवेशनबाट अध्यक्ष टुंगो लाग्ला।समस्या सचिवालय गठन पश्चात देखियो। आफ्नो पूर्व गुटलाई बलियो बनाउने नाममा वरियता मिचेर जिम्मेवारी दिनु गलत नै थियो। यसमा कुनै शंका छैन। तत्कालीन एमालेका उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा राखिनुपर्थ्याे ।

अध्यक्ष दाहालले ओलीलाई सहयोग गरेको जस्तो गरेर भित्रभित्रै असहयोग गरेको प्रष्टै देखिन्छ। त्यसैको उपजको हो पार्टीमा पछिल्लो समय अर्थात् अहिले उत्पन्न विवाद । दाहाल वृहत् शान्ति सम्झौता मुख्य पात्र नै हुनुहुन्छ । शान्ति सम्झौतामा उहाँको भूमिका र श्रेष्ठता कायमै छ। तर पछिल्लो समय उहाँ त्यो छवि क्रमश आफै खुइल्याउँदै जानु भएको । उहाँ त्यो छवि बिगार्नु हुँदैनथ्यो। यतिखेर प्रधानमन्त्री ओली सफल हुनु सिङ्गो देश सफल हुनु हो र पार्टी अध्यक्षका हिसाबले उहाँको भूमिकाको उच्च मूल्यांकन हुने नै थियो। त्यस्तै वामदेव गौतम प्रधानमन्त्री बन्ने लालच हास्यास्पद छ। राष्ट्रियसभा सदस्य हुनुसम्म ठिकै हो तर प्रधानमन्त्री हुने लालच बोकेर पार्टीमा बबन्डर मच्चाउनु मात्र हो ।

ऐतिहासिक र असाधारण काम गर्दा असाधारण त्याग, समर्पण र निष्ठा देखाउन सक्नुपर्छ। अध्यक्ष ओलीको मुख्य कमजोरी नै गुटलाई प्राथमिकता दिनु हो । पार्टीमा अहिले बल्झिएको विवाद एकता प्रक्रियादेखिकै समस्या हो। मन्त्री, मुख्यमन्त्री, अन्य नियुक्तिमा अध्यक्ष ओलीले एकलौटी गरेको सबैको सामु छर्लङ्ग छ । पार्टीमा सर–सल्लाह गरेर अघि बढेको भए उहाँको कद अझै बढ्थ्यो। घट्दैन्थ्यो। माधवकुमार नेपालको पनि यस बीचमा थुप्रै कमजोरी देखिए। उहाँ अध्यक्षमा पराजित भएको कुण्ठा र हिनताबोध बोकेर ओलीविरुद्ध लागे जस्तो आभाष हुन्छ ।

अध्यक्ष दाहालले ओलीलाई सहयोग गरेको जस्तो गरेर भित्रभित्रै असहयोग गरेको प्रष्टै देखिन्छ। त्यसैको उपजको हो पार्टीमा पछिल्लो समय अर्थात् अहिले उत्पन्न विवाद । दाहाल वृहत् शान्ति सम्झौता मुख्य पात्र नै हुनुहुन्छ । शान्ति सम्झौतामा उहाँको भूमिका र श्रेष्ठता कायमै छ। तर पछिल्लो समय उहाँ त्यो छवि क्रमश आफै खुइल्याउँदै जानु भएको । उहाँ त्यो छवि बिगार्नु हुदैनथ्यो। यतिखेर प्रधानमन्त्री ओली सफल हुनु सिङ्गो देश सफल हुनु हो र पार्टी अध्यक्षका हिसाबले उहाँको भूमिकाको उच्च मूल्यांकन हुने नै थियो। त्यस्तै बामदेव गौतम प्रधानमन्त्री बन्ने लालच हास्यास्पद छ। राष्ट्रियसभा सदस्य हुनुसम्म ठिकै हो तर प्रधानमन्त्री हुने लालच बोकेर पार्टीमा बबन्डर मच्चाउनु मात्र हो ।

केही नेता सस्तो लोकप्रियताका लागि मिडियामा सस्ता प्रतिक्रिया दिँदैछन्। क्षणिक उत्तेजनामा आएर कार्यकर्तालाई लडाउने, भिडाउने काम गरेका छन्। यो प्रवृत्ति पार्टी एकताविरोधी प्रवृत्ति हो। आत्मकेन्द्रित चिन्तन हो। आफैले गठन गरेको सचिवालय , स्थायी समिति र केन्द्रीय समितिलाई विश्वास नगर्नु अध्ययक्ष ओलीको स्वेच्छाचारी हो। उहाँ नियमित बैठक बस्ने, छलफल गर्ने र सरकार र पार्टी दुवैका गतिविधि प्रभावकारी बनाउनेतर्फ गर्नुपर्दछ। अन्य नेताहरुले पनि उहाँकाे राजीनामा माग्ने दुस्साहस गर्नुहुदैन । नेकपाले एकताको ऐतिहासिक प्रक्रियालाई अगाडि बढाइदै जानुपर्छ। विश्वास जितेर काम गर्नुपर्छ। केही नेता कार्यकर्ता पार्टीका जिम्मेवार नेतालाई खुइल्याउन लागेको पाइन्छ। हेक्का होस्, इतिहासलाई दुत्कारेर या इतिहासको जयजयकार गरेर मात्र हाम्रो युगीन दायित्व पूरा हुँदैन।

अबको बाटो
मार्ग प्रष्ट छ। एकताका लागि खाएको कसम अनुरुप अघि बढ्ने। चुनावी घोषणापत्र अनुसार सरकारले काम गर्ने। पार्टी विधि, विधान अनुरुप चल्ने। कम बोल्ने। कामले जित्ने। सामूहिकता आवश्यक मात्र होइन अपरिहार्य छ। कोरोनासँग लड्न हालसम्म सफलता मिलेको छ। अब थप जोखिमको सामना गर्न एक भएर उभिने। सीमा सुरक्षाको लागि थप एकतावद्ध भएर लाग्ने।अन्य राजनीतिक दललाई समेत विश्वासमा लिएर साझा एजेन्डामा एक भएर जाने। यसरी सरकार, पार्टी दुवै सफल हुन्छ। नेतृत्व गर्नेहरु सफल हुनुहुन्छ। जालझेल र षड्यन्त्रको गुन्जायस पार्टीमा हुनुभएन। धेरै टाढा पुग्नुपर्ने छ। असाधारण कार्यको निम्ति । असाधारण क्षमताको आवश्यकता छ देशलाई।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…