एकले अर्कालाई निषेध गरेर समस्या हल हुँदैन (भिडियोसहित)

बजेटको प्रारुप समय सुहाउँदो हुनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले हालको विषम परिस्थितिमा बजेटको प्रारुप समय सुहाउँदो हुनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद समक्ष प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथि सुझाव दिँदै रायमाझीले बजेट समय सुहाउँदो नआए मुलुकको गति ओरालो लाग्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा बहस गर्दै स्थायी कमिटी सदस्य रायमाझीले कृषिको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्रीको प्रस्तुतीका आधारमा अहिले र पहिले ल्याइएको बजेटमा खासै भिन्नता नभएको उल्लेख गर्दै उहाँले कोरोनाको महामारीविरुद्ध लड्न र मुलुकको अर्थतन्त्रलाई बलियो बनाइराख्ने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो । एक फरक प्रशंगमा बोल्दै रायमाझीले नेपाल र नेपालीको सार्वभौमसत्तामाथि भारतले गरेको प्रहार असह्य रहेको उल्लेख गर्नुभयो । कसैको अधिनमा नरहेका नेपालीलाई भारतको रवैयाले च्यापेको उहाँको भनाइ छ । छिट्टै कुटनीतिक तवरले सीमा समस्याको समाधान हुनुपर्ने र नेपालले आफ्नो नक्सा सार्वजनिक गर्नुपर्ने रायमाझीको माग छ ।

नेकपाभित्र सिर्जित गतिरोध केही कम हुँदै गएको प्रशंग कोट्याउँदै रायमाझीले पार्टी विधि र सिद्धान्तका आधारमा अगाडि बढ्ने ठोकुवा गर्नुभयो । को प्रधानमन्त्री, को अध्यक्ष भन्नु भन्दा पनि सहमति र सहकार्यमार्फत् पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने तर्फ उहाँको संकेत थियो । स्थायी कमिटी बैठकले समस्याको समाधान गर्न भुमिका खेल्ने उल्लेख गर्दै रायमाझीले प्रधानमन्त्री केपी ओलीले चाँडै बैठकको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

भिडियाे हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…