Logo असार ४, २०७८ शुक्रबार


सभामुखले गरे मिडिया सेन्टरको अवलोकन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनका विभिन्न शाखाको अवलोकन गर्नुभएको छ । सभामुख सापकोटाले मंगलबार मिडिया सेन्टरको अवलोकन गरी जानकारी लिनुभएको हो ।

उहाँले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिनुुभएको बताइएको छ । राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता भीष्मराज ओझाले सेन्टरबाट सञ्चारकर्मीले सामाजिक दूरी कायम गरी समाचार सङ्कलन र सम्प्रेषणको काम गरिरहेको जानकारी दिनुुभयो ।

सभामुखले मंगलबार नै सङ्घीय संसद्अन्तर्गतका दुुबै सदनका विद्युत् शाखा, साउन्ड, युट्युुबलगायतका शाखाले गरिरहेका कामको स्थलगत जानकारी लिनुुभयो । साथै संसद् परिसरको क्यान्टिनको अवलोकन गर्दै विषम परिस्थितिमा सामाजिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी सबै सुुझाव पालना गर्न सबैलाई निर्देशन दिनुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…