Logo मंसिर १२, २०७७ शुक्रबार


फेसबुक स्टाटसले २ लाख ५० हजार गुम्यो, धरौटीमा छुटे वडाध्यक्ष शेरपुजा

म्याग्दी । प्रशासनको स्वीकृति बिना घरमा हातहतियार राखेको कारण पक्राउ परेका रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष धरौटीमा छुटेका छन् । गाउँपालिका वडा नम्बर ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका हुन्।

वडाध्यक्ष शेरपुजाले फेसबुकमा आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले उनलाई २०७६ चैत ३० गते पक्राउ गरेको थियो । एक महिनादेखि प्रहरी हिरासतमा रहेका वडाध्यक्ष शेरपुजालाई जिल्ला अदालतले मंगलबार धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले शेरपुजालाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गर्नुभएको थियो । शेरपुजाले धरौटी बुझाएर छुटेका अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनुभयो ।

शेरपुजाले फेसबुकमा आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले उनको घरमा खानतलासी एक थान बाह्रबोरको गोली बरामद गरेको थियो ।

फेसबुक स्टाटसपछि पक्राउ परेका शेरपुजाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ्७ वर्ष कैद र ्७० हजार रुपैयाँ जरिवानाको माग दाबी गरेको थियो । शेरपुजा २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…