Logo मंसिर ८, २०७७ सोमबार


ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । दमक नगरपालिका–५ हरिओम कोलनीमा ट्रिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । को१ख ५५२४ नम्बरको ट्रिपरले बुधबार बिहान ठक्कर दिँदा दमक नगरपालिका–१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको हो ।

तीव्रगतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रिपरले विपरीत दिशाबाट आइरहेका साइकलयात्री दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ वर्षीय केदारप्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…