Logo फाल्गुन १८, २०७७ मंगलबार


‘टाइमकार्ड’ रद्द गर्दै उपत्यकाका सबै कार्यालय १५ दिन बन्द गरिने

काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख २८ बाट लागू गरिएको सवारी ‘टाइमकार्ड’ रद्द गर्दै सबै कार्यालय १५ दिन बन्द गरिने भएको छ । कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेपछि अत्यावश्‍यक सेवा प्रदान गर्ने केही कार्यालय बाहेक सबै बन्द गर्ने काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निर्णय गरेको हो । निजी संस्थाका कार्यालय यसअघिदेखि नै बन्द रहँदै आएका थिए । अब सरकारी कार्यालय पनि सबै बन्द हुने भएको छ ।

तीन जिल्लाको प्रशासन कार्यालयले संयुक्त रूपमा गरेको निर्णय अनुमोदनका लागि शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा पेश गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।