कोरोनाले रोकिएकाे बुन्डेस लिगा शनिबारदेखि हुने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण रोकिएकाे जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा शनिबारदेखि शुरु हुँदैछ ।

बल लिग (डिएफएल)ले कोरोना भाइरस महामारी पश्चात शनिबार शुरु हुने बुन्डेसलिगाका खेलमा क्लबले एक खेलमा बढीमा ५ जना खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम लागू गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस महामारीका कारण खेलाडीमा परेको अथवा पर्न सक्ने तनाव कम गर्न अन्तराष्ट्रिय फुटबल एशोसिएसन बोर्ड (आईएफएबी) ले फुटबलमा केही समयका लागि एक खेलमा टिमले ५ जना खेलाडी परिवर्तन गर्न पाउने नियम पारित गरेको थियो । यसअघि एउटा टिम एक खेलमा तीनजना मात्र खेलाडी परिवर्तन गर्न पाउने नियम थियो ।

कोरोना भाइरसका कारण रोकिएकाे बुन्डेस लिगाको खेल बिना दर्शक दुई महिना पश्चात शनिबारबाट शुरु हँुदैछ । बुन्डेस लिगा युरोपका ठूला लिगमा सुचारु हुने पहिलो लिग हुने भएको छ । बुन्डेस लिगको दोश्रो डिभिजनको लिग पनि मे महिनामा शुरु हुनेछ ।

डिएफएलले ५ जना खेलाडी परिवर्तन गर्न पाउने भएपनि एक पटकमा दुई जना भन्दा बढी खेलाडी परिवर्तन गर्न नपाइने स्पष्ट पारेको छ ।  बुन्डेस लिगाको दुई डिभिजनका ३६ कलबले सम्भव भएसम्म लिग समापन गर्नेमा सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…