शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल शुरु हुँदै

काठमाडौं । कोरोनाभाइरसको महामारीले स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आजबाट सुचारु हुँदैछ ।

कोरोनाको कारण गत मार्चबाट स्थगित भएको लिग करिब दुई महिनापछि पुनः सुचारु हुन लागेको हो । बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो युरोपियन शीर्ष लिग हो । फ्रान्सको लिग वान रद्द भईसकेको अवस्थामा बुन्डेस लिगा भने सुचारु हुन लागेको हो ।

आज लिगमा विभिन्न ६ खेल हुनेछ । तर, सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ । नेपाली समय अनुसार साँझ ७ः१५ बजे पाँच खेल हुनेछ । जसमा बोरुसिया डर्टमण्डले शाल्केसँग घरेलु मैदानमा खेल्नेछ । डर्टमण्ड लिगको दोस्रो स्थानमा छ । शाल्केविरुद्ध जित निकाल्दै डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिखसँग अंक दुरी कम गर्न चाहन्छ । डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ । वायर्नको ५५ अंक रहेको छ । ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ ।

यस्तै अग्स्बर्ग र वुल्फवर्ग, फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्न, होफेनहाइम र हेर्था बर्लीन तथा आरबी लिपजिग र फ्रेईबर्गबीच खेल हुनेछ । फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीचको खेल भने राति १०ः १५ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…