यात्री

कविता

हिँड्नै लागेको यात्रीलाई नरोक्नु है ?
यात्रा पूरा नहुन सक्छ
सपना पूरा नहुन सक्छ

यात्रा हिँड्नै लाग्दा कुनै अवरोध नगर्नु
देउरालीको फूल ओइलाउन सक्छ।
दोभान अलमल हुन सक्छ।
सुम्निमा र पारुहाङ ठाउँ सर्न सक्छ्न्
यात्रीलाई रोक्दै नरोक्नु है ?

यात्री अघि बढ्दै गर्दा मुस्कान दिनु
त्यही मुस्कानले गर्दा
गन्तव्य सहज बनोस् ।

बरु यात्रीलाई फूलको थुङ्गाले बिदा गर्नु
त्यो फूल प्रेमिकालाई उपहार बनोस्
फूलको बहानामा एक चुम्बन गरोस्।

यात्रीलाई बाटो छोडी दिनु
त्यो यात्री देश खोज्न गएको हुन सक्छ
तपाइँको सानो गल्तीले
देश खोज्न गएको यात्री गुमनाम नहोस् ।

इटहरी-२०, सुनसरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…