कर्मचारीलाई कोरोना ? अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । महाराजगंजस्थित शिक्षण अस्पतालले आफ्ना कुनै पनि कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण नभएको जनाएको छ ।

‘शिक्षण अस्पतालका कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोटिभ’ आएको भन्ने केही अनलाइनमा प्रकाशित समाचारप्रति अस्पतालले आपत्ति जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले शनिबार विज्ञप्ति निकालेर ती समाचार सत्य नभएको उल्लेख गर्नुभएको छ । अस्पतालले त्यस्ता समाचार नलेख्न समेत आग्रह गरेको छ ।

‘यस अस्पतालको कुनै पनि अस्पतालकर्मी कोभिड–१९ संक्रमित नभएको जानकारी गराउँछौ’ विज्ञप्तिमा भनिएको छ, ‘सत्य तथ्य नबुझी छिटो समाचार प्रकाशित गर्ने होडबाजीले पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठ्न जाने र समाजमा अनावश्यक रुपमा उद्वेल र त्रासको वातावरण बन्ने हुनाले संयमता अपनाउन सबैमा आग्रह गर्दछौँ ।’

अस्पतालमा उपचाररत जेठ १ गते काेराेना संक्रमण देखिएकी ६ वर्षीया बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत विज्ञप्तिमा उल्लेख  छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…