सीमामा अलपत्र परेका नेपालीलाई भोलिदेखि नेपाल ल्याउने तयारी

फाइल तस्बिर

शम्भू दाहाल
झापा । भारतीय सीमा क्षेत्र पानीट्याङ्कीमा रोकिएका नेपालीलाई आइतबारबाट नेपाल ल्याउने तयारी भएको छ । जिल्ला कोरोना रोकथाम समिति झापाको शनिबार जिल्ला समन्वय समितिको सभाकक्षमा भएको बैठकले सीमामा रोकिएका नेपालीलाई नेपाल प्रवेश गराउने निर्णय गरेको हो ।

१ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्की र समाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको बैठकले आइतबारबाट नेपाली ल्याउने निर्णय गरेको हो ।

बैठकमा प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख, उद्योगी, रेडक्रस लगायतको सहभागितामा जिल्ला कोरोना रोकथाम समितिको बैठकले नेपालीको उद्दार लगायतका निर्णय गरेको छ । सीमामा भएका सबै नेपालीलाई एकै पटक नभएर क्रमशः नेपाल प्रवेश गराइने भएको छ ।

मेची नाका काँकरभिट्टाबाट उद्दार हुने नेपालीको लगत संकलन र स्वास्थ्य परीक्षणपछि होल्डिङ एरियामा राखिने भएको छ । होल्डिङ एरियाको रुपमा मेचीनगर नगरपालिकाले तयार गरेका स्थान, भद्रपुरको मेची बहुमुखी क्याम्पस, कलबलगुरी लगायत स्थानीय पालिकाका क्वारेन्टाइनलाई प्रयोग गरिने जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पार्तेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…