‘कोरोनाभाइरस विरुद्धको खोप नबने पनि लकडाउन हट्दैन’

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस विरुद्धको खोप नबने पनि लकडाउन हटाउने बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् ।

अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने उनको भनाइ छ । ट्रम्पले विद्यालय पनि खुला गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले खोप बनाउनका लागि जारी अपरेशन ‘र्याप स्पीड’बारे जानकारी दिँदै अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै संज्ञा दिए ।

अभियानमा कोरोना भाइरसविरुद्धको १४ वटा सम्भावित खोपको अनुसन्धान तथा त्यसका लागि अनुमति दिइने उनको भनाइ छ । यसमा ठूलो संख्यामा वैज्ञानिक तथा उद्योगहरु लागिपर्ने बताइएको छ । ट्रम्पले अभियानको नेतृत्व आर्मी जनलर तथा स्वास्थ्य सेवाका पूर्व कार्यकारीलाई दिएका छन् । पत्रकार सम्मेलनमै औषधि उत्पादक कम्पनी ग्लासो स्मिथ केलाइनको खोप विभागका पूर्व प्रमुख मोन्सेफ स्लाउइले यो वर्षको अन्त्यसम्ममा खोपका केही करोड डोज उत्पादन हुनेमा विश्वस्त रहेको बताए ।

कोरोना भाइरसका कारण अमेरिकामा हालसम्म ८८ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या अमेरिकामा १४ लाख ८४ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…