साउदीबाट फर्केको ६६ दिन पछि युवकमा कोरोना पुष्टि, गाउँभरी त्रास

काठमाडौं । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाही टोलका युवकमा साउदी अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि भएको छ। उनी फागुनको २८ गते हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण भई २९ गते घर पुगेका थिए ।

काठमाडौंबाट सार्वजनिक बस चढेर उनी घर पुगेका थिए। घर पुगेपछि उनी गाउँमा बाक्लै हिँडडुल गरेको स्थानीयले बताएका छन्। घर फर्केपछि उनले छरछिमेकका बालबालिकालाई चकलेट बाँडेका थिए। वडा नम्बर १ का अध्यक्ष शुभनारायण यादवले भने, ‘उनी साउदीबाट फर्केको दुई महिनाभन्दा बढी भइसकेको छ। कति मानिसको सम्पर्कमा आए, ठेगान छैन। हाम्रो गाउँ नै बर्बाद हुने भयो।’

गाउँपालिकाका स्वास्थ्य संयोजक हरि चौधरीले युवकलाई शनिबार दिउँसो धनगढीमाई नगरपालिकामा रहेको कोभिड अस्थायी अस्पतालमा लगिएको जानकारी दिए। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…