प्रहरीमाथि आक्रमण प्रयास, सीमामा गोली चल्यो

झापा । झापाको केचनाकवलमा शनिवार साँझ गोली चलेको छ । भारतीय नागरिकको समूह नेपाल छिर्न खोजेपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयका अनुसार भारतीय समूहले प्रहरीमाथि आक्रमण  प्रयास गरेपछि फायरिङ गरेको होे ।

जिल्लास्थित सुरक्षा स्रोतले पुष्टि गर्दै १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण प्रयास गरेपछि फायरिङ गर्नु परेको जनाएको छ । झापा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार केचनाकवल गाउँपालिका–१ को घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेको सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । झण्डै डेढ सयजना भारतीय नागरिकको समूहले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले फायरिङ खोलेको जनाइएको छ ।

प्रहरीले गोली चलाएपछि भारतीय नागरिकको समूह तितरवितर भएको थियो । घटनाको प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले भर्सना गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘अहिले राती केचनाकवल–१ घेरावारीमा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीमाथि भारतीय नागरिकबाट भएको आक्रमण प्रयासको भत्सर्ना गर्दछु । सशक्त प्रतिकार गरी आक्रमणकारीलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीय जनतामा धन्यवाद व्यक्त गर्दछु ।’

गत साता झापा गाउँपालिका–४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलर नजिक पनि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । त्यो बेला पनि दुई जना भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमण प्रयास गरेका थिए । तर भोलिपल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकले गल्ती स्वीकार्दै माफी मागेपछि घटना टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…