फुटबल हस्ती ज्लाटन ईब्राहिमोभिकको शालिक सारिने

काठमाडौं । फुटबल हस्ती ज्लाटन ईब्राहिमोभिकको शालिक माल्मोको स्टेडियमबाट अन्यत्र सारिने भएको छ । शालिकमाथि बारम्बार तोडफोडको घटना बढेपछि त्यहाँबाट अन्यत्र सार्न लागिएको हो ।

माल्मो फुटबल क्लबबाट करियर शुरु गरेका ईब्राहिमोभिकको गत अक्टोबर माल्मो स्टेडियमबाहिर उनको पूर्ण कदको शालिक निर्माण गरी अनावरण गरिएको थियो । तर माल्मोको कडा प्रतिद्वन्दी क्लबको रुपमा परिचित स्टकहोमस्थित ह्यामरबाई क्लबको सह मालिक बनेपछि ईब्राहिमोभिक प्रति माल्मोका समर्थकहरुले बिरोध गर्दै शालिक तोडफोड गर्ने कार्य गर्दै आएका छन् ।

माल्मोका समर्थकले इब्राहिमोभिकको शालिकमा केरकार गर्ने,विभिन्न स्थानमा काट्नेदेखि लिएर मूर्ति अल्टाउने सम्मका कार्य गरेका थिए । त्यसपछि माल्मोले शालिकलाई गएको जनवरीमा मर्मतसम्भारका लागि त्यहाँबाट हटाएर गोप्य स्थानमा राख्दै आएको छ ।

माल्मोका शहरका संचार प्रवक्ता एन्डर्स माल्मस्ट्रमले ईब्राहिमोभिकको शालिक अन्यत्र सार्ने तैयार भईरहेको बताए । ९ फिट १० इन्च अग्लो र ५ सय किलो तौल रहेको ईब्राहिमोभिकको शालिक मूर्तिकार पिटर लिन्डेले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…