कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु

कुन देशमा कति ? ( विवरणसहित)

काठमाडौं । कोरोना भाइरसबाट हालसम्म विश्वभर ९६ नेपालीको मृत्यु भएको छ । विश्वभर ३० देशमा करिब ७ हजार ६२ नेपालीमा कोरोना संक्रमण फैलिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात् कोभिड–नाइन्टिन संक्रमणका कारण शनिवारसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । संयुक्त अरब इमिरेट्स युएइमा ९ जना, साउदी अरबमा २ जना, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड , बहराइन, स्वीडेन र नेपाल एक÷एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ ।

कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । याे साता ज्यान गुमाउनेको संख्यामा युकेमा १२ जना, युएईमा ३ जना, साउदी अरबमा २ जना र नेपालमा १ जना रहेको स्वास्थ्य समितिले जनाएको छ । यस्तै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

तथ्यांकअनुसार मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन । संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ । उहाँले कोरोना संक्रमणको शंका लागेमा तुरुन्त आफ्नो चिकित्सककोमा वा संघको स्वास्थ्य सेवा हटलाईनमा सम्पर्क गर्न आव्हान गर्नु भएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय जना, अमेरिकामा १ हजार ६ सय जना, युकेमा १ हजार २ सय २१ जना, बहराइनमा ३ सय ११ जना, युएई २ सय जना, कुवेत ८४ जना, नेपालमा २ सय ९१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्ट्रेलिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीट्जरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साइप्रस ३, न्यूजिल्याण्ड ३, माल्टामा २, हङकङ २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

एनआरएनले गर्यो राहत वितरण
यसैबीच गैरआवासीय नेपाली संघले ‘कोभिड १९’ बाट प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । संघका महासचिव डा। हेम राज शर्माका अनुसार ४९ देशका ३ सय क्षेत्र ९शहर० मा १ हजार ६ सय भन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरु परिचालन गरिएको छ । संघका अनुसार शनिवार साँझ सम्म ३८ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र ४० हजार भन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् । मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, प्रोतुगल, इटाली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ’कोभिड १९’ उच्चस्तरिय समिति गठन गरेर बिभिन्न उपसमिति गठन गरि विश्वभर राहतको लागि अभियान संचालन ‘कोडिभ १९’ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघ प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…