भारतबाट आएका १९ जनाको स्वाब संकलन

प्रकाश गौतम
रुकुम (पश्चिम) । भारतबाट आएका १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । रुपैडिया नाका हुँदै शनिबार दिउँसो रुकुम पुगेका १९ नागरिकको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएको हो ।

ती सबै जनालाई जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनुभयो । भारतबाट आउनेमा आठविसकोट नगरपालिकाका १३ जना, सानिभेरी गाउँपालिकाका ३ जना, त्रिवेणी गाऊँपालिकाका २ जना र बाँफिकोट गाउँपालिकाका १ जना छन् ।

यसअघि बाँकेमा उनीहरुको र्यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी) परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछी जिल्ला प्रशासन कार्यालय बाँकेले उनीहरुलाई त्यहाँबाट पठाएको थियो ।

उनीहरु मजदुरी गर्नका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका थिए । नेपाल र भारतको सीमा नाका बाबागञ्जलमा १२ दिन क्वारेन्टीनमा बसेर नेपाल आएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…