भारतमा एकै दिन थपिए ५ हजार कोरोना संक्रमित

काठमाडौं । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७ सय ६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९ सय ८८ जना र १० हजार ५ सय ८५ जना कोरोना संक्रमित भेटिएका छन् ।  भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…