श्रावण २५, २०७७ आइतबार
Logo


नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । नागढुंगामा शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले पक्राउ गरेको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हामीले दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका छौं।

आवश्यक कारबाही हुन्छ, एसएसपी ज्ञवालीले भने। शनिबार सद्भाव नेपालका अध्यक्ष भन्ने अभिषेक श्रेष्ठ, उत्तम कार्की, दीपकराज रेग्मीसहित ७/८ जनाले प्रदेश ३ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीको गाडी अनुगमन गरेका थिए ।

गाडीको पास मात्र होइन, उनीहरुले कार्कीले गाडीमा बोकेको झोला समेत खोलेर हेरेका थिए। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गौरकानुनी भनेको छ। यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले बताएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

कैलाली । टीकापुरको खक्रौलास्थित बालुवाटारमा युवा समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नम्बर ६…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई…

मेष– कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ । राजनीतिमा लाभ मिल्नेछ । वृष–वादविवादमा जीत हुनेछ । आफन्तबाट सहयोग हुनेछ…

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।