स्याङ्जा भित्रिने झोलुङ्गे पुलमा काँडेतार

हिमलाल पराजुली
स्याङ्जा । कोरोनाभाइरस (कोभिड–१९) विश्वभर महामारीका रुपमा फैलिएसँगै नेपालमा पनि यसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि गण्डकी प्रदेश प्रवेश गर्ने दक्षिण तर्फका कालिगण्डकी नदीमा रहेका झलुङ्गे काँडेतार लगाइएको छ ।

गल्याङ नगरपालिकामा पर्ने कालीगण्डकी नदीमा रहेका झलुङ्गे पुलहरुमा काँडेतार लगाएर पैदल यात्रा गर्नसमेत रोक लगाइएको हो । गल्याङ नगरपालिका–१ मालुङ्गाबाट पाल्पाको बगनासकाली गाउँपालिका–५ दर्पुग जोड्ने झोलुङ्गे पुल र मालुङ्गाबाट पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी जोड्ने दुईवटा पुलमा काँडेतार लगाएर आवतजावत गर्न नमिल्ने बनाइएको छ ।

नगरपालिका जोड्ने दक्षिण तर्फका अन्य पुलहरुमा पनि काँडेतार लगाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । सबै ठाउँमा २४ सै घण्टा सुरक्षाकर्मीको व्यवस्था गर्न कठिन रहेकाले यस्तो उपाय अपनाइएको गल्याङ नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष गणेश बस्यालले बताउनुभयो । अध्यक्ष बस्यालले भन्नुभयो ‘लुकेर आउनेहरुको तथ्याङ्क संकलन गर्न र पहिचान गरी क्वारेन्टाइनमा राख्नसमेत समस्या हुने भएपछि झोलुङ्गे पुल बन्द गर्न बाध्य भएका हौं ।’

प्रवक्ता बस्यालले भारतबाट छिरेका व्यक्तिहरु राम्दी नाकाबाट भन्दा अन्यत्र ठाउँबाट प्रबेश गर्दा कोरोना भाइरसको संक्रमण समुदायमा बढ्न सक्ने बताउनुभयो । रुपन्देही जिल्लामा कोरोना संक्रमण बढेको अवस्थामा अझै सचेत हुनुपर्ने अवस्था रहेको भन्दै उहाँले आएका व्यक्तिहरुलाई ससम्मान क्वारेन्टाइनमा राखिने भएकाले लुकिछिपी नआउन र खबर गर्न आग्रह गर्नुभयो ।

भारतबाट आउन सक्ने सम्भावित व्यक्तिहरुको अवस्थालाई मध्यनजर गर्दै गल्याङ नगरपालिका कार्यपालिका बैठकले पाँच सय बेड क्षमताको क्वारेन्टाइन पाँच ठाउँमा राख्ने निर्णय गरेको नगरप्रमुख भुपराज अधिकारीले बताउनभयो ।

गण्डकी प्रदेश पवेश गर्ने दक्षिणको मुख्य नाका रहेको गल्याङ्ग नगरपालिका–१ रामनदी धाम राम्दीमा चेकजाँचमा कडाई गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…