शुल्क लिएर निजी अस्पतालले काेराेनाभाइरस परीक्षण गर्न पाउने

काठमाडाैं । निजी तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडिटी परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर नीजि तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण गर्न पाउने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पतालाई आरडिटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको हो ।

परीक्षण उपत्यका भित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार निजी अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन् । परीक्षण पश्चात दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्ने छ ।

निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षणवापत शूल्क लिन पाउनेछन् । किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शूल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…