फेरि ९ जनामा कोरोना देखियो, संक्रमित ३०४ पुग्याे

काठमाडौं । नेपालमा सोमबार बिहान थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहट र बारामा ९ जनाका कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहटको इशनाथ नगरपालिकाको वडा नम्बर २, ३ ६ र ९ का ८ पुरुष र १ महिला कोरोना देखिएको हो । मन्त्रालयका अनुसार त्यहाँ २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुष र वडा नम्बर ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

बाराको .करैयामाई नगरपालिकाको वडा नम्बर ५ निवासी २८ वर्षीय पुरुषमा संक्रमण पाइएको छ । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।