Logo मंसिर १४, २०७७ आइतबार


नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र

काठमाडौं । नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् । नेपालको उत्तरपश्चिम सीमा कालापानी क्षेत्र भारतले अतिक्रमण गरी सडक निमार्णविरुद्ध एनआरएनए अमेरिकाका उपाध्यक्ष सोनाम लामा, विष्णुमाया परियार, नविन शेरचन लगायतका पदाधिकारीले सोमबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

ज्ञापनपत्रमा भारतले नेपालको भूभाग कालापानी क्षेत्र अतिक्रमण गरेको, भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत सडक निमार्ण गरेको उल्लेख छ । विरोधपत्रमा नेपाली भूमिबाट भारतीय सेना हटाउनु पर्ने, सडक निमार्ण कार्य तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…