रौतहटमा कोरोना संक्रमित २१, स्थानीय चिन्तित

प्रिमेश शिवाकोटी
रौतहट । स्थानीयको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमितको संख्या वृद्धी भएसँगै जिल्लामा भय बढ्न थालेको छ । विभिन्न स्थानमा कोरोना परीक्षणका क्रममा २१ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय चिन्तित बनेका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाब संकलन गरिएका २१ जनाको स्वाब परीक्षणको नतिजा सार्वजनिक गर्दै उनिहरुमा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेको हो।

संक्रमितहरु जिल्लाको ईशनाथ र राजपुर नगरपालिकाका विभिन्न वडाका पुरुष रहेका छन् । ईशनाथ नगरपालिकामा ११ जना र राजपुर नगरपालिका विभिन्न वडाका ३ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै माधवनारायण गाँउपालिकाकी ३० वर्षीय महिलामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि रौतहटको वृन्दावनमा १ जना र देवाही गोनाहीमा १ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । पहिला संक्रमित ३ जनाको वीरगंजमा उपचार भइरहेको छ भने आइतबार (हिजो) संक्रमित १० जनाको गौरस्थित २५ बेड क्षमताको गौर नर्सिङ इन्सिच्युटको आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।

सोमबार थपिएका ८ जनाको जिल्ला सुरक्षा समिति रौतहटले निर्णय गरेको स्थानमा उपचारका लागी पठाइने ईशनाथ नगरपालिकाका स्वास्थ्य संयोजक ईशराजुल खानले जानकारी दिनुभयो। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहट प्रशासनले लकडाउनलाई झनै कडा पारेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रशासनले अनावश्यक कामका लागी बाहिर नहिंड्न अनुरोध गर्दै सुरक्षित भई घरभित्रै बस्न समेत पुन आग्ह गरेको छ ।

जिल्लामा संक्रमितको संख्या बढ्दै जान थालेपछि चन्द्रपुर नगरपालिकाले पनि २५ बेडको आइसोलेसन वार्ड तयार पारेको मेयर रामचन्द्र चौधरीले जानकारी दिनुभयो । कोरोना संक्रमण संख्या बढ्दै जान थालेपछि रौतहट बासी चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…