कोरोनाले रेमिट्यान्स ४० प्रतिशत घट्यो

काठमाडौं । कोरोना भाइरसको असरका कारण चालु आर्थिक वर्षको चैत मसान्तमा रेमिट्यान्स आप्रवाहमा कमी आएको छ । तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स अप्रवाह ४० प्रतिशतले घटेको देखिएको छ । मासिक रुपमा हेर्दा यो तथ्यांक ४० प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेर ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । आठौं महिनासम्ममा रेमिट्यान्समा कोरोनाको खासै ठूलो असर देखिएको थिएन । तर नवाैं महिनामा रेमिट्यान्स ह्वातै घटेको छ ।

फागुनसम्म देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । चैतमा साढे ३४ अर्बले रेमिट्यान्स बढेको छ । औसतमा नेपालमा मासिकरुपमा ६० देखि ७५ अर्ब रुपैंयासम्म रेमिट्यान्स भित्रिने गरेको छ । यो तथ्यांकलाई हेर्ने हो भने रेट्यिान्स आप्रवाह ४० प्रतिशत बढीले घटेको देखाउँछ । वैशाखमा यो तथ्यांक अझै घट्नेछ । अघिल्लो वर्षको नौ महिनामा विप्रेषण आप्रवाह २० दशमलव ९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ दशमलव ७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ९ दशमलव ९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या भने १० दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या ३७ दशमलव ५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेपनि करोना भाइरस संक्रमणका कारण अहिले अधिकांश देशमा लकडाउन जारी छ ।

लकडाउनका कारण धेरैले रोजगारी समेत गुमाएका छन् । रोजगारीमा रहेकाहरूले पनि  रेमिट्यान्स पठाउन सकेका छैनन् । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १५ प्रतिशत घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या ४ दशमलव ६ प्रतिशत बढेको थियो । यस अवधिमा खुद ट्रान्सफर आयमा ४ दशमलव ४ प्रतिशतले कमी आई ७ खर्ब १३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय २० दशमलव ९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…