पाैडी पाेखरीमा डुबेर बागलुङका एक युवाको अमेरिकामा निधन

शिब बोहोरा
बागलुङ । पौडी खेल्ने क्रममा एक युवाको अमेरिकामा निधन भएको छ । बागलुङका २५ वर्षीय आशिष केसीको अमेरिकाको मेरिल्याण्डमा निधन भएको हो ।

तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका केसी शुक्रबार पौडि खेल्ने क्रममा तलाउमा डुबेको बताइएको छ । उद्वारकर्ताले उद्वार गरी मेरिल्याण्डको युनिभर्सिटी अफ बाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टर पुर्याए पनि उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । मेरिल्याण्डको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सामाजिक सञ्जालमार्फत केसीको निधनको पुष्टि गरेका हुन् ।

मृतक केसीको दाहसंस्कारका लागि नेपाल पठाइने वा अमेरिकामै गर्ने भन्नेबारे परिवारका सदस्य र अमेरिकामा रहेका नेपालीबीच कुरा भइरहेको छ । मृतक केसीका बुवा, आमा र एक बहिनी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकमा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ हजार पाँच सय ६६…

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…