फाइल तस्बिर
काठमाडौं । नेपालमा अहिलेसम्म पिसीआर प्रविधिबाट गरिएको कूल परीक्षण ३० हजार ७ सय २३ पुगेको छ । आरडिटी विधिबाट गरिएको परीक्षणको संख्या ६९ हजार ५ सय ६० जना रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ हजार ७ स ९१ आरडिटी परीक्षण भएको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा कुल आरडिटी परीक्षण ९ हजार २ सय १७, प्रदेश नम्बर २ मा ६ हजार २२, बागमती प्रदेशमा ११ हजार ९ सय २३, गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ९ हजार १ सय ३२, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सूदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनाको परीक्षण भएको छ ।
अहिलेसम्म कूल संक्रमित व्यक्तिहरुको स्थायी ठेगना रहेको जिल्ला ३१ पुगेको छ । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३२, बागमती प्रदेशमा १८ जना (एक मृत्युसहित), गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय ५९ जना (एक जनाको मृत्युसहित) र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । अहिलेसम्म कूल ३६ जनालाई निको भइसकेको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको कूल संख्या २० हजार ९० पुगेको छ । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार १ सय ८०, प्रदेश नम्बर २ मा ३ हजार ८०, बागमती प्रदेशमा २ सय ८५, गण्डकी प्रदेशमा ३ सय ९३, प्रदेश नम्बर ५ मा १२ हजार ८ सय १५, कर्णाली प्रदेशमा ७ सय ७ र सूदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३० जना रहेका छन् । आइसोलेसनमा रहेका बिरामीहरुको संख्या अहिलेसम्म ४ सय १२ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा २६ जना रहेका छन् भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा कोभिड-१९ बाट मृत्यु भएका महिलाको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौं महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा १ सय ७० जनाको पिसीआर परीक्षणका लागि नमूना संकलन भएको छ ।