कोरोनाले सोधनान्तर १ अर्ब १३ करोडले घट्यो

हरिशरण न्यौपाने
काठमाडौं । कोरोना भाइरसका असरका कारण एक महिनामा सोधनान्तर स्थिति १ अर्ब १३ करोड रुपैयाँले घटेको छ । सबै क्षेत्रमा कोरोना भाइरसको प्रभाव देखिन थालेपछि गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य कमी आएको छ । उपभोग्य वस्तुको मूल्य बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३६ अर्ब ६१ करोडले सोधनान्तर बचतमा रहेको छ । फागुन मसान्तसम्ममा शोधानान्तर स्थिति ३७ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेको थियो । अघिल्लो वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा थियो । यो अवधिमा मूल्यवृद्धि ६ दशमलव ७४ प्रतिशत पुगेको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ ।

२०७६ चैतमा कुल विदेशी विनिमय सञ्चिति भने ११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको छ । यो सञ्चितीले ९ दशमलव ५ महिनाको वस्तु तथा सेवा लआयात धान्न पुग्ने देखिन्छ । २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव ३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा चालु खाता घाटा १ खर्ब ३५ अर्ब ५४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४ अर्ब ८० करोड रहेको थियो । चैतसम्ममा आयात ७ दशमलव ५ प्रतिशतले घटेको छ भने निर्यात १२ दशमलव ९ प्रतिशतले बढेको देखाएको छ । केन्द्रीय बैंकले सबै क्षेत्रमा कोरोना भाइरसको प्रभाव देखिन थालेको जनाएको छ ।

गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान छ । विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६, ७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ । कोभिड–१९ को प्रभाव शुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून रहने देखिन्छ ।

कोभिड–१९ पूर्वको यस प्रक्षेपणलाई केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…