कोरोनाबाट मर्नेको संख्या ३ लाख १९ हजार ९ सय नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट जीवन गुमाउनेको संख्या मंगलबार बिहानसम्म ३ लाख १९ हजार ९ सय पुगेको छ । मंगलबार बिहान साढे ६ बजेसम्म संक्रमितको संख्याको ४८ लाख ८७ नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

१९ लाख ४ हजार ६ सय बढी उपचारपछि निको भएर घर फर्किएका छन् । सबैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा छन् । अमेरिकामा मृृत्यु हुनेको ९१ हजार ९ सय संख्या नाघेको छ । त्यहाँ १५ लाख ५० हजार १ सय बढी संक्रमित छन् । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३४ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा दुई लाख ४६ हजार ६ सय बढी संक्रमित छन् ।

कोरोना भाइरसबाट इटालीमा ३२ हजार भन्दा बढी, स्पेनमा २७ हजार ७ सय भन्दा बढी, फ्रान्समा २८ हजार २ सय भन्दा बढी, रुसमा दुई हजार ७ सय भन्दा बढीले जीवन गुर्माका छन् छ । जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि कोरोनाले ठूलो संख्यामा मानवीय क्षति भएको छ । छिमेकी मुलुक भारतमा ३ हजार १ सय ५६ को मृत्यु भएको छ । भारतमा एक लाख भन्दा बढी संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…