चर्चित खेलाडी  चेल्सी र इन्टरनेजनल्स जाने चर्चा सेलायो

काठमाडौं । फुटबलका चर्चित खेलाडी  ड्रिएज मार्टिन्ज्ले नापोलीसँग थप ३ वर्षको सम्झैता गरेपछि चेल्सी र इन्टरनेजनल्स् जाने चर्चा  सेलाएकाे छ । चेल्सीका प्रशिक्षक फ्रयाङ्क लाम्पार्डले ३३ वर्षीय बेल्जियन खेलाडी मार्टिन्जलाई यसवर्षको फ्रि ट्रान्सफर विनडोबाट उनलाई चेल्सीमा ल्याउन निकै कम्मर कसेका थिए ।

इन्टरले पनि उनलाई साताको एक लाख ७० हजार पाउण्डमा तीन वर्षका लागि क्लबमा भित्र्याउने प्रस्ताव अघि सारेको थियो । तर मार्टिन्ज्ले नापोलीसँगको ३ वर्षको सम्झौता नविकरण गरेर सबै सम्भावनाको ढोका बन्द गरिदिएका छन् । नापोलीले इन्टर बराबरको रकम नदिने भएपनि सम्झौता गर्दाको बोनस रकममा मार्टिन्ज्ले २.२ मिलियन पाउण्ड प्राप्त गर्नेछन् । साताको एक लाख ४० हजारको सम्झौता भएको छ ।

केही सिजनदेखि मार्टिन्ज्ले सिरी ए को उत्कृष्ट स्ट्राइकरको रुपमा प्रदर्शन गर्दै आएका छन् । मार्टिन्ज्को यो कदमदले नापोलीका समर्थक निकै हर्षित भएका छन् । मार्टिन्ज्ले नापोलीबाट २२६ खेल खेल्दै ९० गोल गरेका छन् । उनले २०१६–१७ को सिजनमा ३५ खलमा सबैभन्दा बढी २८ गोल गरेका थिए । मार्टिन्ज् सन् २०१३ मा नापोली गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…