कोरोनाबाट मर्नेलाई कसरी जलाउने ? अभ्यास गर्दै सेना

लमजुङ । जिल्लामा कोरोना संक्रमणबाट मर्नेकाे अन्त्येष्टि अभ्यास भएको छ । संक्रमितको मृत्युपछि गरिने अन्त्येष्टिको अभ्यास भइरहेको श्रीजङ गणका गणपति जयराम थापाले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको अवस्थामा पूर्व तयारी स्वरुप नेपाली सेनाले त्यस्तो अभ्यास गरेको हो ।कोरोना संक्रमित व्यक्तिको मृत्युपछि पनि कोरोना संक्रमणको जोखिम हुने भन्दै त्यस्तो बेलामा अपनाइने उच्च सतर्कता विधिलाई नमूना प्रयोग गरी जिल्लाका सरकोकारवालाहरुलाई देखाइएको थियो । जिल्लास्थित नेपाली सेनाको श्रीजङ गणले जिल्ला प्रहरी र जिल्ला सामुदायिक अस्पतालसँग समन्वय गरी शव व्यवस्थापनको नमूना अभ्यास गरेको हो ।

अभ्यासका क्रममा प्रहरीले शव मुचुल्का लगायतका सुरक्षा घेराको नमूना अभ्यास गरेको थियो । नेपाली सेनाले उच्च सुरक्षा सतर्कता अपनाउँदै शवको व्यवस्थापन विधिको नमूना विधिको प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…