कर्णालीमा भेटिएका कोरोना संक्रमित भारतबाट आएका थिए

विष्णु कुमार शाही
सुर्खेत । कर्णाली प्रदेशमा भेटिएका कोरोना संक्रमित भारतबाट फर्किएको खुलेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशालाका संयोजक ओम आचार्यले दैलेखका ३५ वर्षीय संक्रमित युवक भारतकाे  आगराबाट आएको बताउनुभएकाे हाे ।

कर्णाली  प्रदेशमा पहिलोपटक दैलेखको आठबिस नगरपालिका -१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । सोमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई पुन: परीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । पुन: परीक्षणका क्रममा युवकलाई कोरोना पोजेटिभ देखिएको आचार्यले जानकारी दिनुभयो ।

कोरोना संक्रमित युवक लगायत अन्य ३८ जना भारतको आगराबाट जेष्ठ १ गते घर फर्किएका थिए । संक्रमितसँगै आएका सबैलाई क्वारेन्टाइनमा राखिएको आठबिस नगरपालिकाका मेयर खड्कराज उपाध्यायले बताउनुभयो । मुलुकका ६ वटै प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमित देखिए पनि कर्णाली प्रदेशमा भने कोरोना संक्रमित पुष्टि भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…